back
CTIZAN AD

आयो ‘डिजिटल कन्डम’, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८१ कात्तिक १३ मंगलवार

3.7K 

shares

एजेन्सी । एउटा जर्मन कम्पनीले डिजिटल कन्डम एप ‘क्यामडोम’ ल्याएको छ । कन्डम बनाउने जर्मन कम्पनी बिली ब्वाईले उक्त एप बनाएको हो ।

यसले अन्तरङ्ग क्षणहरूमा प्रयोगकर्तालाई सुरक्षित राख्दछ । एपले सहमति बिना तस्बिरहरू खिच्न, छायाङ्कन गर्न वा अडियो रेकर्ड गर्नबाट रोक्नेछ । डिजिटल अन्तरङ्गताको समयमा यो एप खोल्नु पर्छ । यसको प्रयोग गर्न वास्तविक कन्डम जस्तै सजिलो रहेको कम्पनीको दाबी छ ।

क्यामडोम प्रयोग गर्दा प्रयोगकर्ताहरूले आ–आफ्नो फोनलाई निकटमा ल्याएर भर्चुअल बटन स्वाइप डाउन गर्नु पर्छ । यो बटनले फोनमा भएका क्यामरा र माइक्रोफोन सबै ब्लक गरिदिन्छ । दुई मध्ये एक जनाले पनि फोनबाट फोटो खिच्न वा भिडियो वा आवाज रेकर्ड गर्न खोजे भने अलार्म बज्छ र कोठामा भएको अर्को व्यक्ति सतर्क हुन्छ । एपले सम्भावित खतराबारे प्रयोगकर्तालाई थाहा दिन्छ र रेकर्ड भइरहेको छ भनेर सूचना दिन्छ ।

क्यामडोमले अनलाइन मञ्चहरूमा सहजै चुहिने अनि फैलिन सक्ने गोप्य कन्टेन्टहरूको सुरक्षा गर्छ । यसले एक पटकमा कयौँ उपकरणहरूलाई ब्लक गरिदिन्छ ।

‘एड्ज अफ द वर्ल्ड’का अनुसार अहिलेको पुस्तामा मोबाइल फोन मानव शरीरको हिस्सा भएको र मानिसहरूले आफ्ना उपकरणमा संवेदनशील कन्टेन्टहरू थुपारेर राख्ने क्यामडोम एपका विकासकर्ता फेलिप अल्मेइदाले भनेका छन् ।

वि.सं.२०८१ कात्तिक १३ मंगलवार ११:५४ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...