back
CTIZAN AD

बञ्चरेडाँडाको आयु बढाउँदै कामपा

वि.सं.२०८१ कात्तिक १४ बुधवार

1K 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ । सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी तयारी थालेको कामपा वातावरण विभागले जनाएको छ ।

स्रोतमा उत्पादन भएको फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्था गर्नेगरी तयारी थालिएको विभागका प्रमुख सरिता राईले जानकारी दिए । उनका अनुसार बाँकी फोहर व्यवस्थापनका लागि बोलपत्र आह्वानको काम भइसकेको छ ।

यसअघि कामपाको ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यको फोहर निजी सङ्घसंस्थाले व्यवस्थापन गर्दै आएको थियो । अब सबै वडाको फोहर व्यवस्थापनको काम कामपाले गर्ने प्रमुख राईले बताए । उनले भने, “सङ्कलन, ढुवानी र विसर्जन सबै काम कामपाले गर्ने गरी तयारी थालेका छौँ ।”

कामपाले पुनः प्रयोग गर्न सकिने फोहर सोही अनुसार व्यवस्था गर्ने, कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने तयारीसहित अत्यन्तै थोरै फोहर मात्रै बञ्चरेडाँडा लैजाने योजना बनाएको हो । अहिले काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिक टन फोहर व्यवस्थापनको काम भइरहेको विभागले जनाएको छ ।

साबिकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि अन्तिम फोहर व्यवस्थापन स्थलका रुपमा बञ्चरेडाँडालाई प्रयोग गरिँदै आइएको छ । यसरी उपत्यकामा उत्पादन भएको सबै फोहर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहरको वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

सबै फोहर लैजाने हो भने यसको अवधि १५ वर्षमा सकिने अनुमान गरिएकाले कामपाले स्रोतमा फोहर वर्गीकरण गरेर घटाउने काम अघि बढाएको विभागका प्रमुख राईले उल्लेख गरे । “अहिले पुनः प्रयोग गर्न सकिने सामान, कुहेर मल हुने कच्चापदार्थ, उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर पनि बञ्चरेडाँडामा पुग्ने गरेको छ । यसलाई रोक्न सके मात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिन्छ”, उनले भने ।

बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, फोहरबाट ग्यास उत्पादन गर्नेलगायत काम गर्ने कामपाको तयारी छ । उपत्यकाका १८ स्थानीय तहको फोहर दैनिक रुपमा उक्त स्थानमा लग्ने गरिएको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन काम हुँदै आएको हो ।

 

वि.सं.२०८१ कात्तिक १४ बुधवार १६:२४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...