back
CTIZAN AD

पोखर महानगर कार्यापालिका बैठक एमालेद्वारा बहिस्कार

वि.सं.२०८१ कात्तिक १५ बिहीवार

840 

shares

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले करारमा रहेका कर्मचारीका विषयमा छलफल गर्न बोलाएको कार्यपालिका बैठक नेकपा एमालेका जनप्रतिनिधिले बहिस्कार गरेका छन् ।

लोकसेवाबाट बढुवा तथा सिफारिस भएर दरबन्दीमा कर्मचारी आइसकेपछि करारका कर्मचारी हटाउन कांग्रेसका प्रतिनिधिले दबाब दिएपछि मेयर आचार्यले आज कार्यपालिका बैठक बोलाएका थिए ।

बैठकमा २२ वडाध्यक्षसहित कांग्रेसका प्रतिनिधि आएपनि एमालेका प्रतिनिधिले असहमति जनाउँदै बहिस्कार गरेका हुन् । बैठकमा कांग्रेका २२ वडाध्यक्षसहित उपस्थित छन् । ४३ जनाको कार्यपालिकामा एमालेका १० वडाध्यक्षसहित १७ जना जनप्रतिनिधिले बैठक बहिस्कार गरेका छन् ।

कांग्रेसका जनप्रतिधिले बैठकमा बहुमत सदस्यले निर्णय गर्न सक्ने भन्दै एमालेको बहिस्कारका बाजुद पनि निष्कर्षमा पुग्नुपर्ने बताएका छन् । यता, एमाले दलका नेता तथा वडानम्बर-१७ का अध्यक्ष राधिका शाही योगीले भने बैठकबारे आफूलाई जानकारी नभएको बताएकी छन् । यसअघि बसेको २५औं कार्यपालिका बैठकले दरबन्दीमा लोकसेवाबाट बढुवा तथा सिफारिस भएर कर्मचारी आएपछि करारका कर्मचारी हटाउने निर्णय गरेको थियो ।

असारसम्म ६ महिना म्याद थप भएका कर्मचारी करार अवधि सकिएपनि ३१ जनाले हाजिरी गरेर काम गरिरहेका छन् । ती प्राविधिक समेत गरी लोकसेवाबाट ३५ जना कर्मचारी आइसकेका छन् । लोकसेवाबाट कर्मचारी आइसकेपछि त्यही दरबन्दीमा करारका कर्मचारी राख्न नहुने कांग्रेस प्रतिनिधिको माग छ । तर, अन्तिम ६ महिनाका लागि म्याद थप हुनुपर्ने एमाले जनप्रतिनिधिको अडान ।

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १२:११ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...