back
CTIZAN AD

कालीगण्डकी ५ बेल्टारीमा क्रिकेट प्रतियोगिता आयोजना

वि.सं.२०८१ कात्तिक १५ बिहीवार

1.9K 

shares

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५, बेल्टारी ठूलाबगरमा वडा स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ । आदर्श  युवा क्लब ले आयोजना गरेको प्रतियोगिता मङ्गलवार सुरु भएको थियो ।

खेलको कालीण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले उद्घाटन गरेका थिए । अध्यक्ष थापाले  खेलमैदान  निर्माणको प्रारम्भिक चरण पूरा गरेकोमा क्लब र स्थानीयलाई  बधाई दिँदै थप स्तर उन्नतिमा पालिकाको महत्त्वपूर्ण सहभागिता रहने जनाए ।

समाजसेवी अनीश न्यौपानेले खेलाडी समाजको गहना भएको भन्दै स्वास्थ्य समाज निर्माणका लागि युवा एकता र खेल महत्त्वपूर्ण हुने बताए । उद्घाटन कार्यक्रममा पालिकाका पाँच वटै वडा अध्यक्षले खेलमैदान निर्माण गरेकोमा खुसी व्यक्त गरे ।
स्याङ्जा, पाल्पा, रुपन्देहीका २६ समूह सहभागी भएको प्रतियोगिताको पहिलो खेलमा गल्याङ नगरपालिका दुई वटा वडाका खेलाडी भिडेका थिए । जसमा गल्यााङ ९ गल्याङ ३ लाई पराजित गर्दै विजयी भएको छ ।

यस्तै बुधबार भएको प्रतियोगिताको दोस्रो खेलमा बेल्टारी लिजेन्ट विजयी भएको छ । बेल्टारीले एनइएलाई हराएको थियो छ । तेस्रो खेलमा दर्पुकले जैपतेसँग हार बेहोर्नुपयो । यस्तै प्रतियोगिताको चौँथो खेलमा राम्दीलाई हराउँदै मालुङ्गा विजयी भयो ।

खेल संयोजक कृष्ण न्यौपानेका अनुसार विजेतालाई ५० हजार र उप विजेताले २५ हजार पुरस्कार पाउने छन् । पहिलो पुरस्कार कालीगण्डकी गाउँपालिकाले र दोस्रो पुरस्कार शिशिर न्यौपानेले प्रायोजन गरेका थिए । संयोजक न्यौपानेका अनुसार बाँकी खेल तिहार पछि  हुनेछन् ।

क्लब र पुल निर्माण कम्पनीको संयुक्त प्रयासमा खेलमैदान निर्माण भएको थियो । क्लबका उपाध्यक्ष कमलराज पाण्डेको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

 

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १४:१९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...