back
CTIZAN AD

पालिका तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार

1.1K 

shares

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समितिका संयोजकको उपनिर्वाचनद्वारा पदपूर्ति गरिँदै छ ।

पछिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित स्वामीकात्तिकखापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशी र कैलाली जिल्ला समन्वय समितिका संयोजक पदमबहादुर कलेलको निधन भएको थियो ।

यसैगरी रिक्त रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–६, डोटीको पूर्वीचौकी गाउँपालिका–६, बझाङको सुर्मा गाउपालिका–४ र दार्चुलाको दुहु गाउँपालिका–५को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमदत्त भट्टले जानकारी दिए ।

डोटीको पूर्वीचौकी–६ र कञ्चनपुरको भीमदत्त–६ मा पनि कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएको थियो । बझाङको सुर्मा–४ र दार्चुलाको दुहु–५मा नेकपा (एमाले)बाट निर्वाचित वडा अध्यक्षको निधन भएको थियो ।

उपनिर्वाचनका लागि यही कात्तिक २० गते सम्बन्धित पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको छ । भट्टले भने, “वडा तहको उपनिर्वाचनमा सम्बन्धित वडामै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी त्यहीँ मत परिणामसमेत घोषणा गर्नेगरी तयारी भइरहेको छ ।”

सुदूरपश्चिम प्रदेशसहित देशभर रिक्त रहेका पालिका तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षको मङ्सिरमा उपनिर्वाचन हुन लागेको हो । स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम यसरी रिक्त रहेका पदहरुको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकेर उपनिर्वाचनद्धारा रिक्त पदको पूर्ति गर्नुपर्ने व्यवस्था छ ।

यसैबीच रिक्त रहेको कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसले केशवराज पन्तलाई प्रत्यासी बनाउने भएको छ । कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले धनगढी उपमहानगरपालिका–२ को वडासदस्य पदमा निर्वाचित पन्तलाई कैलाली जिल्ला समितिको संयोजक पदमा प्रदेश संसदीय समितिले प्रत्यासी बनाउने निर्णय गरेको जानकारी दिए ।

यस्तै स्वामीकात्तिकखापर गाउँपालिका उपाध्यक्षमा कुन्तिसरा शाहीलाई प्रत्यासी बनाउने निर्णय सो पार्टीले गरेको छ । रिक्त भीमदत्त–६को वडाध्यक्षमा प्रकाशबहादुर चन्द र डोटीको पूर्वीचौकी–६मा मोहन थापालाई प्रत्यासी बनाउने निर्णय पार्टीले गरिसकेको अन्य ठाउँको उपनिर्वाचनका प्रत्यासीको निर्णय हुन बाँकी रहेको रावतले जानकारी दिए ।

भीमदत्त–६ मा नेकपा (एमाले)ले बहादुर चन्दलाई अध्यक्षको प्रत्यासी बनाउन लागेको छ । नेकपा (एमाले) प्रदेश कमिटी सचिव रणबहादुर चन्दले गापा उपाध्यक्ष, जिल्ला समन्वय समिति संयोजक पदमा कसलाई प्रत्यासी बनाउने भन्नेबारेमा प्रदेश कमिटीले आज निर्णय गर्न लागेको बताए । अन्य दलले पनि उपनिर्वाचनमा उठाउने प्रत्यासीका बारेमा निर्णय गर्न बाँकी रहेको बताइएको छ । रासस 

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १२:२० मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...