back

तिहारको चौँथो दिन आज गोरु, गोवर्द्धन र हली पूजा

वि.सं.२०८१ कात्तिक १७ शनिवार

249 

shares

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

गोवर्द्धन पूजा

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदा÷सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । रासस

 

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०८:४१ मा प्रकाशित

कीर्तिपुरमा झिनो मतान्तरले काँग्रेस विजयी

कीर्तिपुरमा झिनो मतान्तरले काँग्रेस विजयी

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काँग्रेस...

अन्नपूर्ण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी

अन्नपूर्ण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी...

प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनामाथि...

उपनिर्वाचनमा ठूला दलकै वर्चश्व

उपनिर्वाचनमा ठूला दलकै वर्चश्व

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्ष...

उपनिर्वाचनः बाँकी चार स्थानको नतिजा आजै आउने

उपनिर्वाचनः बाँकी चार स्थानको नतिजा आजै आउने

काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको...

कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने

कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विभिन्न प्रदेशका कृषि...