back
CTIZAN AD

यू-१९ क्रिकेट : कोशीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

वि.सं.२०८१ कात्तिक २० मंगलवार

756 

shares

बैतडी । नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार भएको खेलमा कोशी प्रदेशमाथि एक सय २३ रनको विशाल जीत निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

जीतका लागि एक सय ८४ रनको लक्ष्य पछ्याएको कोसी २२.३ ओभरमा ६० रनमा अलआउट भयो । कोशीका कप्तान सौजन घिमिरेले २६, आशिष मगरले १३ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कोशीका लागि म्यान अफ द म्याच चुनिएका सचिन भट्टले उत्कृष्ट बलिङ प्रदर्शन गरे । सचिनले छ ओभर बलिङ गर्दै पाँच विकेट झारे भने नरेन साउँदले चार र सौजन घिमिरेले समान चार विकेट झारे ।

यसअघि मार्लिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४७.३ ओभरमा एक सय ८३ रनमा समेटियो । सुदूपश्चिमका युवराज खत्रीले ४४, अभिषेक थापाले ३७ रन बनाएका थिए ।

सुदूरपश्चिम यो जीतसँगै छ खेलबाट १० अङ्कका साथ अङ्कतालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । अङ्कतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी प्रदेशसँग सुदूरपश्चिमको बुधबार प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेकामा लुम्बिनी र सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेका हुन् । रासस

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०७:१४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...