back
CTIZAN AD

नयाँ बसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर

वि.सं.२०८१ कात्तिक २५ आइतवार

843 

shares

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको छ ।
समाज उत्थान महिला मञ्चको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा आजदेखि आगामी मङ्सिर १ गतेसम्म निःशुल्क ऊर्जा ध्यान शिविर सञ्चालन गरिएको हो । उक्त शिविर बिहान ५ बजेदेखि ६ः३० बजेसम्म सञ्चालन भएको थियो ।
ध्यान शिविरमा नयाँबसपार्क र त्यस आसपासमा रहेर व्यापार व्यवसाय गरेर बसेका व्यक्ति लाभान्वित भएका छन् । सातदिने शिविरमा जीवन विज्ञान प्रशिक्षक नरेश गौतम र अनिता गौतमले प्रशिक्षण दिएको समाज उत्थान महिला मञ्चका अध्यक्ष जानुका नेपालले जानकारी दिइन् ।
अध्यक्ष नेपालले व्यक्ति स्वस्थ्य रहेमात्र देश स्वस्थ्य रहने भएकाले नयाँबसपार्क क्षेत्र र यस आसपासमा बसोबास गर्नेलाई लक्षित गरी उक्त ध्यानशिविर सञ्चालन गरिएको जानकारी दिए । उक्त ध्यान शिविरमा एक सयभन्दा बढीको सहभागिता रहेको थियो ।

वि.सं.२०८१ कात्तिक २५ आइतवार १२:५१ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...