back
CTIZAN AD

माओवादीका पाँच निर्णय : सबै पालिकामा खबरदारी सभा समेत गर्ने

वि.सं.२०८१ कात्तिक २६ सोमवार

1.1K 

shares
नेकपा माओवादी केन्द्रले महत्त्वपूर्ण पाँच निर्णय गरेको छ । सोमबार बसेको पार्टी पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले अगामी मङ्सिर मसान्तसम्म सबै स्थानीय तहमा पार्टीको सम्मेलन र खबरदारी सभा गर्ने भएको छ । सरकारले गरिरहेको बेथितिहरू विरुद्ध खबरदारी गर्न जनपरिचालन गर्दै मङ्सिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय गरेको माओवादीका एक नेताले बताए ।
यस्तै बैठकले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बोलाउने र मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पार्टीले सफलता हासिल गर्नका लागि आवश्यक तयारीका साथ जाने समेत निर्णय गरेको छ ।
सरकारले राम्रो काम गर्ने व्यक्तिहरूलाई हटाइरहेको र यसले देशमा असाधारण परिस्थिति सिर्जना भइरहेको, काँग्रेस र एमालेले संविधान संशोधनको कुरा उठाएर सत्तामा गएको तर अहिले यो विषय सेलाएको, संविधान संशोधन गर्नुपरे अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने माओवादी पार्टीको धारणा  छ ।
माओवादी केन्द्रले देशको प्रमुख कार्यकारीको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने प्रस्ताव राखेको छ । विकृति, विसङ्गति र राजनीतिक अस्थिरताको अन्त्य गर्ने पार्टीको धारणा अनुरूप यस्तो निर्याण गरिएको माओवादीको निष्कर्ष छ ।

वि.सं.२०८१ कात्तिक २६ सोमवार १२:५० मा प्रकाशित

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...