back
CTIZAN AD

माओवादीको सिकोमा एमाले : उपत्यका जनता सडकमा उतार्ने

वि.सं.२०८१ कात्तिक २६ सोमवार

1.4K 

shares

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आगामी मङ्सिर ७ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । अराजकताविरुद्ध सामाजिक सद्भाव, राष्ट्रिय एकता र राजनीतिक स्थिरताको सन्देश दिन भन्दै एमालेले शक्ति प्रदर्शन गर्न लागेको सचिव पद्मा कुमारी अर्याले जानकारी दिइन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले कार्तिक १० गते उपत्यकाको पार्टी शक्तिलाई सडकमा उतारेर सरकारविरुद्ध खबरदारी सभा आयोजना गरेको थियो । उता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता सभापति रबि लामिछाने सहकारी ठगीको आरोपमा पक्राउ परेयता निरन्तर प्रदर्शनमा छ ।सरकारको नेतृत्व गरिरहेको पार्टी सडकमा गएर शक्ति प्रदर्शन गर्न खोज्नुलाई अनौठो रूपमा लिइएको छ ।

मङ्सिर ७ गते आयोजना गर्ने भनिएको जागरण सभामा काठमाडौँ, भक्तपुर र ललितपुरको शक्ति प्रदर्शन  गर्ने आइतबारदेखि एमालेले तयारी थालेको छ । तयारीमा तीन जिल्लाका जनसङ्गठन र सम्पर्क मञ्च पनि परिचालित हुँदै छन् । सचिव अर्यालले प्रदर्शन कुनै दल वा व्यक्ति विशेष विरुद्ध नभएको जिकिर गरिन् ।

प्रतिपक्षमा रहेका दुई ठुला दलहरूले भ्रष्टाचार र सुशासनको मुद्दामा सरकारमाथि सार्वजनिक रूपमा दबाब बढाएपछि त्यसको स्पष्टीकरण दिने मनसायले एमालेले शक्ति प्रदर्शन गर्न लागेको कतिपयको बुझिएको छ ।

वि.सं.२०८१ कात्तिक २६ सोमवार १३:३० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...