back
CTIZAN AD

पोखराबाट जनकपुरका लागि छुटेकोे बस दुर्घटना, १२ यात्रु घाइते

वि.सं.२०८१ कात्तिक २७ मंगलवार

954 

shares

जनकपुरधाम । रौतहटको चन्द्रनिगाहपुरमा पोखराबाट जनकपुर तर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।

आज बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका २ लचका नजिकै ग.१ ख.५८०७ नम्बरको बस बाटो काट्दै गरेको स्याललाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायका अनुसार बसमा २० यात्रु सवार रहेकोमा १२ जना घाइते भएका हुन् ।
बस चालक दोलखा सैलुङ गाउँपालिका ८ बस्ने ३५ वर्षीय पदम बहादुर बस्नेत र र सह चालक बाराको करैयामाई गाउँपालिका ७ बस्ने ३० वर्षीय सुरज पौडेललाई प्रहरीचोकी पौराहीको नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिएसपी रायले जानकारी दिए ।

घाइतेहरु मध्ये एकजनाको अवस्था गम्भीर, तीनजनाको मध्यम र ८ जनाको समस्या रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

वि.सं.२०८१ कात्तिक २७ मंगलवार १२:३४ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...