back
CTIZAN AD

नेपाल बैंकर्स संघ एसएमई फाइनान्स फोरमको नयाँ सदस्य

वि.सं.२०८१ कात्तिक २७ मंगलवार

843 

shares

काठमाडौँ । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसी/विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा बढी सदस्य/सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क हो ।

यो नेटवर्कमा बैंकहरू, गैर–बैंक वित्तीय संस्थाहरू, फिन्टेक, भुक्तानी प्लेटफर्महरू, विकास संस्थाहरू, क्रेडिट ग्यारेन्टी कम्पनीहरू, बीमा प्रदायकहरू, लगानी कोषहरू, बैंकिङ्ग र एसएमई एसोसिएसनहरू, शैक्षिक संस्थाहरू सामेल छन्, जसले एसएमई केन्द्रित वित्तीय सेवा र सुविधा प्रदान गर्छन् ।

सो अवसरमा एसएमई फाइनान्स फोरमका प्रमुख कमर सलीमले नेपाल बैंकर्स संघलार्ई एसएमई फाइनान्स फोरममा स्वागत गर्न पाउँदा खुसी लागेको बताउ“दै नेपालको उदयमान बजारलाई थप एसएमई वित्तीय पहुँच प्रबद्र्धन गर्न यसले मद्दत प¥याउने बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील के.सी.ले विशेष गरी नेपालमा नियामक निकाय र बैंकहरू दुवै साना र मझौला उद्यमी (एसएमई) का लागि वित्तीय पहुँचमा सुधार ल्याउनमा सक्रिय रूपमा केन्द्रित भएको परिवेशमा प्रतिष्ठित एसएमई फाइनान्स फोरममा सामेल हुँदा नेपालको बैंकिङ्ग क्षेत्रलाई विशेष रूपमा लाभ पुग्ने बताए ।

 

वि.सं.२०८१ कात्तिक २७ मंगलवार १६:०९ मा प्रकाशित

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...