back

सिरिजङ्गा–३ को उपनिर्वाचनः अघिल्लो निर्वाचनभन्दा पाँच मतदाता बढे

वि.सं.२०८१ कात्तिक २७ मंगलवार

162 

shares
GLOBAL IME AD
NTC AD

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ सिकैचामा वडाध्यक्षका लागि आउँदो मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । वैदेशिक रोजगारीमा जानुभएका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि यहाँ उपनिर्वाचन हुने भएको हो ।

निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलालका अनुसार यहाँ हुने उपनिर्वाचनमा कुल मतदाताको सङ्ख्या एक हजार पाँच सय २८ रहेको छ, जसमा कुञ्जारी मतदानस्थलमा एक हजार २६ मतदाता छन् । कुञ्जारीमा पाँच सय ५७ पुरुष र चार सय ६९ महिला छन् भने ओसे मतदानस्थलमा दुई सय ८७ पुरुष र दुई सय १५ महिला गरी पाँच सय दुई मतदाता रहेका छन् । यस उपनिर्वाचनमा पुरुष मतदाताको सङ्ख्या आठ सय ४४ र महिला मतदाताको सङ्ख्या छ सय ८४ रहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

एक हजारभन्दा बढी मतदाता भएका ठाउँमा थप मतदान केन्द्र राख्न सकिने प्रावधान भए पनि, कुञ्जारीमा एक हजार २६ मतदाता मात्र रहेका कारण दोस्रो केन्द्र थप गरिएको छैन । मतदाता सङ्ख्या कम हुँदा जनशक्ति थप्नुपर्ने आवश्यकता नरहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा पनि अहिलेजस्तै दुईवटा मतदानस्थल थिए । यसअघि कुञ्जारीमा नौ सय ९४ र ओसेमा पाँच सय २९ मतदाता थिए । अब हुने उपनिर्वाचनमा पाँच मतदाता मात्र थपिएका छन् । कुञ्जारीमा ३२ मतदाता बढ्दा ओसेमा २७ मतदाता घटेका छन् ।

विसं २०७९ को निर्वाचनमा ताप्लेजुङमा ८९ हजार छ सय ८० मतदाता थिए । अद्यावधिक तथ्याङ्कअनुसार २०८१ मङ्सिर १५ सम्म ताप्लेजुङमा ८९ हजार एक सय ८९ मतदाता रहेका छन्, जसमा ४७ हजार छ सय २७ पुरुष र ४१ हजार पाँच सय ६२ महिला छन् । मृत्यु, नाम सार्ने र दोहोरो नाम हटाएपछि अद्यावधिक गरी निर्वाचन कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको छ ।

वि.सं.२०८१ कात्तिक २७ मंगलवार १९:३५ मा प्रकाशित

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक...

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

नवलपुर । देवचुली नगरपालिकामा २७ सय ६० किशोरीहरू एच.पी.भी खोप...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...