back

पालिकाद्वारा किसानलाई अनुदानमा गहुँको बीउ

वि.सं.२०८१ कात्तिक २७ मंगलवार

270 

shares
GLOBAL IME AD
NTC AD

सिरहा । लहान नगरपालिकाले यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गर्न थालेको छ ।

आर्थिक वर्ष २०८१÷८२ को कृषि प्रसार कार्यक्रमअन्तर्गत अनुदानमा आजदेखि किसानलाई गहुँको बीउ वितरण सुरु गरिएको कृषि विकास अधिकृत प्रकाश साह हलुवाईले जानकारी दिए । उनले कृषकले गहुँको बीउ लिन सम्बन्धित वडा कार्यालयबाट निर्धारित परिमाणसहितको सिफारिस पत्र आवश्यक पर्ने र एक हप्तासम्म बीउ वितरण जारी रहने बताए ।

प्रतिकिलोग्राम रु ८५ रहेको बीउको मूल्य ५० प्रतिशत अनुदानमा ४२ रुपैयाँ ५० पैसा तोकिएको छ । “यसमा गहुँको ढुवानी खर्च खर्च नगरपालिकाको रहनेछ । बीउको आधा मूल्य मात्र किसानले तिरे पुग्छ”, नगरपालिकाका कृषि विकास अधिकृत हलुवाईले भने ।

नगरपालिकाले कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानबाट कुल २१ मेट्रिक टन बीउ खरिद गरेर किसानलाई वितरण गर्न लागेको हो । गत आवमा पनि नगरले १० मेट्रिक टन बीउ खरिद गरी किसानलाई वितरण गरेको अधिकृत हलुवाईले जानकारी दिए ।

नरपालिकाभित्र अनुमानित एक हजार सात सय हेक्टर जग्गामा गहुँखेती गरिन्छ । उक्त जग्गामा लगाइने गहुँखेतीका लागि नगरपालिकाको २१ मेट्रिक टन बीउ पर्याप्त नभए पनि अघिल्लो वर्ष सोही गहुँको बीउ खेती गरेका किसानले आफैँ जगेर्ना गरेको बीउबाट पुर्ताल हुने जनाइएको छ ।

व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानलाई अनुदानमा बीउ वितरण भएपछि यो वर्ष गहुँ उत्पादन बढ्ने आँकलन गरिएको वडा नं १२ का अध्यक्ष बद्रीनारायण चौधरीले बताए । कृषिमा उत्पादन बढाउने हिसाबले नीति तथा कार्यक्रममा समावेश गरी योजना बनाइएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

 

वि.सं.२०८१ कात्तिक २७ मंगलवार १९:५८ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

काठमाडौँ । माननीय कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय...

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...