back
CTIZAN AD

पालिकाद्वारा किसानलाई अनुदानमा गहुँको बीउ

वि.सं.२०८१ कात्तिक २७ मंगलवार

1.1K 

shares

सिरहा । लहान नगरपालिकाले यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गर्न थालेको छ ।

आर्थिक वर्ष २०८१÷८२ को कृषि प्रसार कार्यक्रमअन्तर्गत अनुदानमा आजदेखि किसानलाई गहुँको बीउ वितरण सुरु गरिएको कृषि विकास अधिकृत प्रकाश साह हलुवाईले जानकारी दिए । उनले कृषकले गहुँको बीउ लिन सम्बन्धित वडा कार्यालयबाट निर्धारित परिमाणसहितको सिफारिस पत्र आवश्यक पर्ने र एक हप्तासम्म बीउ वितरण जारी रहने बताए ।

प्रतिकिलोग्राम रु ८५ रहेको बीउको मूल्य ५० प्रतिशत अनुदानमा ४२ रुपैयाँ ५० पैसा तोकिएको छ । “यसमा गहुँको ढुवानी खर्च खर्च नगरपालिकाको रहनेछ । बीउको आधा मूल्य मात्र किसानले तिरे पुग्छ”, नगरपालिकाका कृषि विकास अधिकृत हलुवाईले भने ।

नगरपालिकाले कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानबाट कुल २१ मेट्रिक टन बीउ खरिद गरेर किसानलाई वितरण गर्न लागेको हो । गत आवमा पनि नगरले १० मेट्रिक टन बीउ खरिद गरी किसानलाई वितरण गरेको अधिकृत हलुवाईले जानकारी दिए ।

नरपालिकाभित्र अनुमानित एक हजार सात सय हेक्टर जग्गामा गहुँखेती गरिन्छ । उक्त जग्गामा लगाइने गहुँखेतीका लागि नगरपालिकाको २१ मेट्रिक टन बीउ पर्याप्त नभए पनि अघिल्लो वर्ष सोही गहुँको बीउ खेती गरेका किसानले आफैँ जगेर्ना गरेको बीउबाट पुर्ताल हुने जनाइएको छ ।

व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानलाई अनुदानमा बीउ वितरण भएपछि यो वर्ष गहुँ उत्पादन बढ्ने आँकलन गरिएको वडा नं १२ का अध्यक्ष बद्रीनारायण चौधरीले बताए । कृषिमा उत्पादन बढाउने हिसाबले नीति तथा कार्यक्रममा समावेश गरी योजना बनाइएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

वि.सं.२०८१ कात्तिक २७ मंगलवार १९:५८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...