back
CTIZAN AD

कीर्तिपुरको जनमत माओवादीको पक्षमा छ : प्रचण्ड

वि.सं.२०८१ कात्तिक २८ बुधवार

816 

shares

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरको जनमत आफ्नो पार्टीको पक्षमा भएको दावी गरेका छन् । मेयर र वडाका उम्मेदवारहरुको घोषणासभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्ने बताएका छन् ।

उम्मेदवारको कारण र पार्टी पनि एकढिक्का भएकाले विजयको आधार बनेको बताउँदै प्रचण्डले भने, ‘अन्य राजनीतिक दलसँगपनि मेरो लगातार कुरा भइरहेको छ । त्यसकारण यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्न सकिन्छ ।’

माओवादी केन्द्रले कीर्तिपुरको मेयर उम्मेदवारमा प्रा.डा. शिवशरण महर्जनलाई अघि सारेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न आत्मसमीक्षा सहित जनताको घरघरमा, टोलटोलमा र व्यक्तिव्यक्तिलाई भेटेर भोट माग्न निर्देशन दिए ।

जनताका घरघरमा पुगेर भेटेर उनीहरुका कुरा सुन्ने र आफ्ना प्रतिबद्धता सुनाउने काम गर्नुपर्ने प्रचण्डको भनाइ छ । ‘ठूला सभा र समारोह गरेर भोट नआउने बताउँदै प्रचण्डले भने, ‘घरघरमा जानुस् टोलटोलमा जानुस् र आत्मसमीक्षासहित जानुस् ।’

मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुरको मेयरका लागि नेकपा एमालेले डा. सुरेन्द्र मानन्धर र राप्रपाले ध्रुव महर्जनलाई अघि सारेका छन् । सफाइ अभियानकर्मी राजमान मानवले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको उम्मेदवार भने टुंगो लाग्न बाँकी छ ।

वि.सं.२०८१ कात्तिक २८ बुधवार ११:५१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...