back
CTIZAN AD

लाइन काटिएका सबै उद्योगमा विद्युत् जडान

वि.सं.२०८१ कात्तिक २८ बुधवार

1K 

shares

काठमाडौँ । बक्यौता रहेको भन्दै लाइन काटिएका उद्योगहरूमा नेपाल विद्युत् प्राधिकरणले बिजुली जोडिदिएको छ ।
काटिएका सबै उद्योगको लाइन जोडिएको विद्युत् प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले जनाए ।

मंगलबार मात्र प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता दिन बाँकी उद्योगसँग रकम बिस्तारै उठाउँदै गर्ने र लाइन भने तत्काल जोड्ने निर्णय गरेको थियो । जसप्रति विद्युत् प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले असहमति जनाउँदै आएका थिए ।

तर ती उद्योगमा लाइन जोडिएकै दिन बुधबार प्राधिरकरणका कार्यकारी निर्देशक घिसिङले भने पत्रकार सम्मेलन गर्ने भएका छन् । उनका अनुसार आज दिउँसो २ बजे रत्नपार्कस्थित विद्युत प्राधिकरणकै सभाहलमा पत्रकार सम्मेलन गरिने भएको हो ।

प्राधिकरणले कात्तिक ८ गते बक्यौता नतिर्ने ३४ उद्योगको लाइन काट्ने भनेको थियो । तर तीमध्ये ७ उद्योग किस्ताबन्दीमा बक्यौता तिर्न तयार हुँदै कात्तिक ८ अघिबाटै रकम तिर्न थालेपछि लाइन काटिएको थिएन ।

वि.सं.२०८१ कात्तिक २८ बुधवार १२:२३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...