back
CTIZAN AD

पूर्वमुख्यमन्त्री चौधरीसँग फिप्ना अमेरिकाको अन्तरक्रिया

वि.सं.२०८१ कात्तिक २८ बुधवार

1.2K 

shares

अमेरिका । नेपाल आदिवासी जनजाति महासघं अमेरिका (फिप्ना)ले लुम्बिनी प्रदेशका पू्र्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नोभेम्बर ९ मा लुम्बिनी सरकारका पू्र्वमुख्यमन्त्री, केन्द्रीय सरकारमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री तथा लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य समेत रहेका चौधरीसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

फिप्नाकै कार्यालय एल्महर्स्टमा सम्पन्न उक्त कार्यक्रममा फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षता रहेको थियो भने सञ्चालन फिप्नाका महासचिव दीपक चौधरी र सचिव दाजिमा शेर्पाले गरेका थिए । साथै सम्पूर्ण अतिथिहरूलाई फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि चौधरीसंगै थारू कल्याणकारिणी सभाका केन्द्रिय कोषाअध्यक्ष चुर्ण बहादुर चौधरीको पनि उपस्थिति रहेको थियो ।
फिप्नाका सल्लाहाकार सघिंयपरिषदका सभामुख, सदस्य संस्थाका प्रतीनिधीहरु र नेपाल सरकारका पूर्वपर्यटन सद्भावना दुत केशवराम राई, जनसम्पर्क समितिका महासचिव मुनीन्द्र नेम्वाङ नेपालिजम डटकमका प्रमुख सम्पादक प्रदीप परीयार थापा लगायत फिप्नाका सभामुख एवंम कार्यसमितिहरु र सदस्य संस्थाका प्रतिनिधीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सुरुवाती चरणमै फिप्नाका सचिव दाजिमा शेर्पाले प्रमुख अतिथि डिल्ली बहादुर चौधरीले गरेका संघर्षहरु, दुईलाख कमैयाहरुलाई मुक्त गराएका कुराहरू र सोहि कार्य गरेर पाएका सम्मानहरुका बारेमा उल्लेख गर्दै कार्यक्रमलाई सहज बनाउदै सुरुवात गरेका थिए ।

कार्यक्रममा नेपालिजमका प्रमुख थापाले भर्खर भर्खर आदिवासीहरु नेपालमा जुर्मुराउन थालेको बेला नै १९९४ मै रिबोक भन्ने अमेरीकाको एउटा जुत्ता कम्पनीबाट युथ ह्युमन राइट अवार्ड डिल्ली बहादुर चौधरीले पाएको बताए । उनले जुन अवार्ड एउटा जनजातीको छोराले पाएको भनेर ठुलो हलचल मच्चिएको र त्यो बेला जनजाति त के सिंगों नेपाल देशले नै पनि अन्तर्राष्ट्रीय सम्मान पाउन गाह्रो भएको बताउदै माइति नेपालकी अनुराधा कोइराला गुरुङ,इन्दिरा राना मगर, महावीर पुन, सुन्दुक रुइत लगायतका ब्यक्तिहरुले धेरै राम्रो राम्रो कामहरु गरेको तर केही नाम निसाना नभएको अवार्ड पाउनु त कल्पना बाहिरकै कुरा रहेको भने ।

‘जुनबेला जो डिल्ली बहादुर चौधरीले थारु समाजमा गरेको योगदान र उहाहरुको संस्था वेसले दिएको र सिकाएको कामबाट इन्टरनेट सामाजिक सन्जालको जमना आएर प्रचार,प्रसारको आधारमा जे जति सिएनएन हिरोहरु बन्नु भयो यो डिल्ली बहादुर चौधरीकै प्रेरणा र संघर्षका परीणामहरु हुन्’ उनले भने ।

त्यस्तै अतिथी चुर्ण बहादुर चौधरीले आफुले पनि नेपाल आदिवासी जनजाती संस्थाकै सदस्य संस्था थारू कल्याणकारिणी सभामा रहेर काम गर्दै आइरहेको र कमैया मुक्तीको लागी हातेमालो गरेर अघि बढ्दै आएको कुरा उल्लेख गरेका थिए ।

प्रमूख अतिथि चौधरीले आफ्नै बाजेहरु र बाबाको प्रेरणाले कमैया मुक्तीको लागी लड्ने र शिक्षाको ज्योती बाड्न पर्छ भन्ने ज्ञान पाएको कुरा बताए । आफ्नै बाजे बाउहरुले पनि आन्दोलन गरेका थिए जुन आफ्नै थाकथलोहरु बचाउनको लागि लागेको बताए ।

जुन बेला त्यहाँका जमिनदारहरुलाई रातरात मार्न आउने र अकालमा ज्यान समेत गुमाउनु परेको कुराहरु देखेर आफु मुक्ती आन्दोलनको बाहक बन्न बाध्य भएको बताए । त्यो बेला शिक्षाको कÞमीको कारण त्यहाँका जमिनदारहरुले खालि कागजमा औठााछाप हान्न लगाउने र आफ्नो सम्पतीको पनि सुरक्षा गर्ने क्षमता नहुने र आफ्नो जमिनहरु समेत गुमाउनु परेको पिडालाई रोक्न शिक्षाको आबस्याकता महशुस गरी सबैलाई शिक्षा दिने अभियानमा लागेको बताए ।

२०४० सालमा ६२ जनालाई पढाईमा जोडाएको कुरालाई जोड्दै हामीले आफ्नोलाई चिनेर एकअर्कालाई सहयोग गर्नुपर्ने बताए । यसरी एकजुट हुन सके कसैले पनि केही गर्न नसक्ने कुरालाई जोड्दै सम्पुर्ण भाषाभाषी ,संस्कारसंस्कृती भएका हामी आदिवासीहरु एक अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने कुरामा जोड़ दिए ।

हरेक गाउँगाउँहरुमा पैदल यात्रा गरेर पिछडीएका थारुहरुलाई संगठित गर्दै शिक्षामा आकर्षित गराउदै आफ्नो अस्तित्व र पहिचानको महत्व बुझाउदै आफ्नो जमिनहरु गुमाउनुको कारणहरु बुझाउदै आर्थिक संकलन गर्दै ६ हजार भन्दा बढी क्लासहरु सन्चालन गरेको कुरा बताए । केही पाउन मेहनत नै गर्ने हो र आदिवासीहरु मेहनत गरेर आफ्नै परिश्रममा विस्वास गरेर खाने जाती भएकोले निरन्तर मेहनत गरिरहन पर्ने र अमेरिकाका आदिवासीहरुले पनि यूनियनदेखी सबैतिर आफ्नो पहुँच पुर्याउन नजिक बनाएर अघि बढ्न सुझाब दिए ।

औपचारिक कार्यक्रमको समापनसंगै सभाध्यक्ष तोरण गुरुङले आदिवासी आफुहरु मुलबासी हौ भन्ने कुराहरु नै भुल्दै आएको, आफ्नो संस्कार र संस्कृतिलाई झ्याउला रुढीबादी भनेर घृणा मान्ने मानसिकता राज्यसत्ताले बनाएको बताए । उनले यस्तो अवस्थामा आदीवासी जनजातीहरुको आन्दोलनहरु सुरु भएपछि मात्र सबैको आँखा खुल्दै आएको र आदिवासीले आफ्नो पहिचान मौलिकताई माया गर्न जानेका छौं भन्ने कुरा प्रकट गर्नु भएको बताए ।

‘हामीले हामीलाई मतवालीको उपनाम दिए स्वीकार गर्यौ, जनजातिको उपनाम दियो स्वीकार गर्यौ । हुँदा हुँदा हामीले आदीवासीसम्म भन्ने अवस्थ सिर्जना गरेका छौ अझै हामीले मुलबासी हौ भनेर हामी भूमिपुत्र मुलबासीको वास्तविक अर्थ दिनुपर्छ’, उनले भने, ‘यसको लागी हामीले राजनैतिक चिन्तन र क्षमतालाई र अभिवृद्वी गर्न सक्नुपर्ने बताउदै बताए ।

 

वि.सं.२०८१ कात्तिक २८ बुधवार १६:४३ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...