back
CTIZAN AD

धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाले अन्तरवार्ता दिँदै

वि.सं.२०८१ कात्तिक २९ बिहीवार

681 

shares

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि तीन जनालाई अन्तर्वार्ताका लागि बोलाइएको छ । सिफारिस समितिको छनोटमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाइँ र कृष्णबहादुर कार्कीलाई मंसिर ९ गते बिहान ८ बजे व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाताको लागि बोलाइएको हो ।

बोर्डको अध्यक्ष पद करिब एक वर्षदेखि रिक्त रहेको छ । सो पदमा करिब १९ जनाको आवेदन परेको थियो । जसमा छनोट भएका पाँच जनामध्ये दुई जनामात्रै प्रस्तुतिका लागि गएपछि उक्त प्रक्रिया अड्किदै आएको छ । पटक–पटक बोलाइएपनि उम्मेदवार अन्तर्वार्तामा अनुपस्थित हुँदै आएका छन् ।

धितोपत्र ऐन अनुसार सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई अर्थमन्त्रीले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने व्यवस्था छ । त्यसपछि मन्त्रिपरिषदको सिफारिसमा एकजना बोर्डको अध्यक्ष बन्नेछन् । तर, पाँचजना आवेदकमध्ये तीनजना अनुपस्थित हुँदै आएका छन् ।

यसअघि असोज १८ गते अन्तरवार्ताका लागि बोलाइएको थियो । तर, सिफारिस समितका सदस्य नै बिरामी परेको भन्दै प्रक्रिया रोकिएको थियो ।

सरकारले बोर्ड अध्यक्ष छान्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिको सदस्यमा अर्थसचिव डा. कृष्णहरि पुस्करसहित उदय निरौला छन् । बोर्ड अध्यक्ष रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएपछि सो पद रिक्त छ ।

वि.सं.२०८१ कात्तिक २९ बिहीवार १२:३४ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...