back
CTIZAN AD

विपद्प्रभावितलाई विशेष योजना ल्याउँदै पालिका

वि.सं.२०८१ कात्तिक २९ बिहीवार

690 

shares

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि बजेट व्यवस्थापन गर्न गाउँसभाको बिशेष अधिवेशन आह्वान गरेको छ । जाडोयाम सुरु भैसकेकाले गाउँपालिकाले आफैं पुनर्बासको योजना तयार गरेर तत्काल बाढीपहिरो प्रभावितलाई ‘न्यानो’ प्रदान गर्न छुट्टै बजेट ब्यवस्थापन गर्न गाउँसभाको बिशेष अधिवेशन आह्वान गरेको जनाएको छ ।

गत असोज दोस्रो साताको अविरल बर्षाका कारण बाढीपहिरोले जनधनको क्षति पु¥याएपछि १५औं अधिबेशनले चालु आर्थिक बर्षको योजनाका लागि बिनियोजित बजेटबाट केही प्रतिशत कटौती गरी विपद् ब्यवस्थापन गर्न विशेष सभाको आह्वान गरिएको गाउँपालिकाले जनाएको छ । विपद् प्रभावित परिवारका लागि राहत, पुनःस्थापन एवं पुनर्बासका कार्यक्रम सञ्चालन गर्न बिशेष अधिबेशन बोलाइएको अध्यक्ष दिनेश लामाले बताए । “बिशेष अधिबेशनमार्फत केही साधारण योजना कटौती एवं केही योजनाको केही प्रतिशत कटौती गर्न लागेका हौँ”, उनले भने ।

गाउँपालिकलो शुक्रबार गाउँसभाको बिशेष अधिवेशन आह्वान गरेको हो । कार्यालयले बागमती प्रदेशको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धि ऐन-२०७५, को दफा ३ को उपदफा १ बमोजिम गाउँसभाको बिशेष अधिवेशन आह्वान गरेको जनाएको छ । अधिवेशन सकिएलगत्तै विपद व्यवस्थापनका लागि योजना तयार गरिने अध्यक्ष लामाले बताए ।

उक्त गाउँपालिकामा बाढीपहिरोले १२ जनाको अकालमा निधन भएको थियो । कार्यालयका अनुसार बाढीपहिरोबाट चार सय ८२ परि पूर्णरुपमा तथा आठ सय ८३ घर आंशिक रुपमा क्षति पुगेको थियो । यस्तै दुई हजार पाँच् सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको जनाइएको छ । यसैगरि एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, छ ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो ।

बाढीपहिरोले भर्खरै निर्माण सम्पन्न भएको डम्फू उद्यान, १० शैय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको छ । कार्यालयले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्णरुपमा घर क्षति भई मृतक तथा समस्यामा परेका एक सय १० परिवारलाई प्रारम्भिक नगद तथा अन्य राहत उपलब्ध गराइएको तथा बाढीपहिरोका परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले किरिया खर्च वापत रु ५० हजार थप गरी नगद राहत हस्तान्तरण गरेको जनाएको छ । रासस

वि.सं.२०८१ कात्तिक २९ बिहीवार १२:४६ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...