back
CTIZAN AD

दुई सातामा सुनकाे मूल्यमा ११ हजारले गिरावट

वि.सं.२०८१ कात्तिक २९ बिहीवार

972 

shares

सुनको मूल्यमा आज पनि उच्च गिरावट भएको छ । बुधबार तोलामै २४ सय रुपैयाँ घटेको सुनको मूल्य आज (बिहीबार)थप २२ सय रुपैयाँ घटेको हो । विगत पाँच दिनदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको छ ।

सुनको मूल्य आज एक लाख ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य एक लाख ६२ हजार दुईसय रुपैयाँ थियो ।

यही कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर घटिरहेको छ । दुई साताको अवधिमा सुनको मूल्य तोलामा ११ हजार घटेको छ ।

आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ । हिजो प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैयाँ घट्दै एक हजार नौसय पाँच रुपैयाँमा झरेको छ ।

वि.सं.२०८१ कात्तिक २९ बिहीवार १२:४८ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...