back
CTIZAN AD

मंसिर महिनाको लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

वि.सं.२०८१ कात्तिक ३० शुक्रवार

1.7K 

shares

काठमाडौँ । नेपालमा हाल सञ्चालन भएका २० वटा वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन् । आज बैंकले सार्वजानिक गरेको विवरण अनुसार बैंकहरुले मंसिर महिनाको लागि पुनः ब्याजदर घटाएका छन् ।

कात्तिक महिनाको तुलनामा मंसिरमा १२ बैंकहरुले ब्याजदर घटाएका छन् । बाँकी ८ वाणिज्य बैंकहरुले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकले भने यस्तो निक्षेपको ब्याजदर ०.२ प्रतिशतविन्दुले बढाएको छ ।

गएको महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतममा औषतमा ६.१८७८ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका वाणिज्य बैंकहरुले मंसिर महिनामा औषतमा ५.९७०३ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् । बैंकहरुको औषत ब्याजदर मंसिर महिनामा ०.२१७४ प्रतिशतविन्दु घटेको हो ।

मंसिर महिनाको लागि सबैभन्दा बढी व्याज दिनेको सूचीमा पहिलो नम्बरमा एनआईसी एशिया बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.७९ प्रतिशतका दरले ब्याज प्रदान गरेको छ । सबैभन्दा कम ब्याज लक्ष्मी सनराइज बैंकको रहेको छ । सो बैंकले निक्षेपमा अधिकतममा ५.५ प्रतिशतका दरले ब्याज दिने भएको छ ।

माछापुच्छ्रे बैंकले मंसिर महिनाको लागि सबैभन्दा बढी ब्याज घटाउटाएको छ । गत महिना व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७ प्रतिशत ब्याज दिएको यस बैंकले मंसिरमा १ प्रतिशत घटाएर ६ प्रतिशतका दरले ब्याज दिने भएको छ ।

मंसिर महिनाको लागि यस्तो छ व्याजदर ।

वि.सं.२०८१ कात्तिक ३० शुक्रवार ११:५८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...