back
CTIZAN AD

जागरसभाको जानकारी दिन एमालेले पत्रकार सम्मेलन गर्दै

वि.सं.२०८१ कात्तिक ३० शुक्रवार

993 

shares

काठमाडौँ । नेकपा (एमाले)ले मङ्सिर ७ गते काठमाडौँको भृकुटी मण्डपमा हुने जागरसभाको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ ।

एमाले महासचिव शङ्कर पोखरेलको उपस्थितिमा आज शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बृहत् पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध तथा लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले मङ्सिर ७ गते एमालेले जागरण सभा गर्दै छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको आयोजनामा एमालेले जागरण सभा गर्न लागेको हो । जागरण सभामा एमालेले उपत्यकाका तीनवटै जिल्लाको सम्पूर्ण पार्टीपंक्ती परिचालन गर्ने तयारी गरेको छ । सभालाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने तयारी छ ।

जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसङ्गठन र सम्पर्क मञ्च परिचालन गरेको नेकपा एमाले बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईको नेतृत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन भैसकेको छ ।

वि.सं.२०८१ कात्तिक ३० शुक्रवार १२:४१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...