१० जेठ, काठमाडौँ । भरतपुर महानगरको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयरका प्रत्याशी देवी ज्ञवालीले २७ हजार नौ सय ५५ मत प्राप्त गरेका छन् भने उनका प्रतिदन्द्धी माओवादी केन्द्रकी रेणु दाहालले २५ हजार दुई सय ३७ मत सहित पछ्याइरहेकी छन् । अहिलेसम्म १७ वटा वडाको मत गणना सकिएकोमा एमालेका ज्ञवाली तीन हजार मतले अगाडी छन् । रेणुले यो मतान्तर ४००० बाट घटाएकी हुन् । अव मत गन्न बाकी १२ वटा वडामा माओवादी केन्द्र र कांग्रेसका राम्रो प्रभाव रहेको विश्लेषण गरिएको छ ।
तर्सथ भरतपुर महानगरमा कसले चुनाव जित्छ भनेर अनुमान गर्न कठिन हुने विश्लेषण गरिएको छ ।
वि.सं.२०७४ जेठ १० बुधवार ०६:१९ मा प्रकाशित































