back
CTIZAN AD

काठमाडौँ महानगरमा १३ हजार भन्दा बढी मतसहित शाक्यको अग्रता

वि.सं.२०७४ जेठ १० बुधवार

1K 

shares

१० जेठ , काठमाडौँ। काठमाडौँ महानगरपालिकामा एक लाख ३२ हजार ८८६ मतगणना गर्दा नेकपा (एमाले)ले ४४ हजार ३२१ मत प्राप्त गरी आफ्नो अग्रता कायम गरेको छ ।

अहिलेसम्मको मतगणना हेर्दा कामपामा नेकपा (एमाले)का उम्मेदवार विद्यासुन्दर शाक्यले ४४ हजार ३२१ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले ३० हजार ९७० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, विवेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले १६ हजार ६१ र साझाका किशोर थापाले १२ हजार ५७ मत प्रप्त गरिएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४० हजार १०५, राप्रपाका राजाराम श्रेष्ठले २४ हजार १०३, साझा पार्टीका तर्फबाट निरुपमा यादवले सात हजार ७९० मत र माओवादी केन्द्रकी सुशीला पौडेलले ६ हजार ५५८ मत प्राप्त गरेका छन् ।

तत्कालका लागि ४, १८, २० र ३२ नं वडाको जम्मा मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ भने १०, १४ र १६ नं वडाको मतगणाना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

वि.सं.२०७४ जेठ १० बुधवार ०६:३० मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...