१० जेठ, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले महिला उद्यमी विकास समितिको उपसभापतिमा बैंकर रविना देशराज श्रेष्ठलाई मनोनित गरेको छ ।
महासंघले संघकी कार्यकारिणी समितिकी सदस्य कमला श्रेष्ठ सभापति रहने गरी देशराजलाई उपसभापतिमा नियुक्त गरेको हो ।
मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रहेकी देशराजसँग साढे दुई दशक लामो बैकिङ अनुभव छ ।
देशराजलाई महिला उद्यमीहरुलाई पु¥याएको योगदान वापत मनोनीति गरिएको महासंघले जनाएको छ ।
देशराजले आगामी दिनमा महिला उद्यमीहरुका लागि सक्रिय भएर लागिपर्ने प्रतिबद्धता जनाएकी छन् ।
वि.सं.२०७४ जेठ १० बुधवार ०६:३१ मा प्रकाशित