back
CTIZAN AD

फलफूल तथा तरकारीमा तीन महिनादेखि विषादी परीक्षण बन्द

वि.सं.२०८१ मंसिर ३ सोमवार

822 

shares

चितवन । भरतपुर महानगरपालिका–२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ । मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट परीक्षणको काम रोकिएको हो ।

कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार गत तीन महिनादेखि मेसिन बिग्रिएपछि विषादी परीक्षणको काम रोकिएको हो । दैनिक करिब पाँचवटा नमूनाको विषादी परीक्षण गरिने मेसिन बिग्रिएपछि बनाउनका लागि पठाइएको उनले जानकारी दिए । मौषम अनुसारका ताजा तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गरिदैँ आइएको थियो ।

प्रयोगशाला विसं २०७६ असोज ७ गते स्थापना गरिएको थियो । त्यसपछि वार्षिक सात सयभन्दा बढि नमूना परीक्षण गरिदैँ आइएको थियो । परीक्षणका आधारमा विषादी युक्त फलफूल तथा ताजा तरकारी नष्ट गर्ने र केही समय राखेर मात्र बिक्री गर्न दिइने गरिएको थियो ।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार ‘स्पेक्ट्रो फोटो मिटर’ बिग्रिएकाले निर्माणका लागि काठमााडौँ पठाइएको छ । उनले भने, “मर्मत भइसकेको छ । हप्ता दश दिनमा यहाँ आइसक्छ । अनि तत्काल काम सुरु हुन्छ ।”

वि.सं.२०८१ मंसिर ३ सोमवार ११:३१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...