back
CTIZAN AD

सरकारको गैर जिम्मेवार : कार्यालय समयमा सार्वजनिक बिदा

वि.सं.२०८१ मंसिर ३ सोमवार

2K 

shares

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनमा सरकारले कार्यालय समयमा सार्वजनिक बिदा दिएपछि सर्वत्र आलोचना भएको छ ।

ढुङ्गानाको आइतबार दिउँसो २ बजे निधन भए पनि आज बिहान कार्यालय समयमा मात्र बिदा सम्बन्धी सूचना प्रकाशन गरेपछि धेरैले यसलाई सरकारको गैर जिम्मेवारीको पर काष्ठ भनेका छन् ।

सार्वजनिक बिदा सम्बन्धी सूचना सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले १० बज्ने बेलामा सार्वजनिक गरेका थिए । यद्यपि गृह मन्त्रालयको वेबसाइटमा करिब साढे ११ बजे प्रकाशन गरिएको थियो ।

गृह मन्त्रालयले जारी गरेको सार्वजनिक बिदा सम्बन्धी सूचनामा शोक मनाउन सोमबार सार्वजनिक बिदा दिने र नेपालका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास, नेपाली नियोगहरूका राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको जानकारी गराइएको छ ।

कुनै समय सरकारको महत्त्वपूर्ण जिम्मेवारमा रहेर देशको सेवा गरेका ढुङ्गानाको निधनमा विलम्ब गरेर सार्वजनिक बिदा दिनु सरकारको लापरबाही भएको आम सर्वसाधारणको ठहर छ ।

सरकारले सार्वजनिक बिदा घोषणा गरेको सूचना पाउँदा कसैले अफिसमा एक घण्टा काम गरिसकेका थिए भने कोही बाटोमै थिए । स्याङ्जाकी एक शिक्षिकाले भनिन्, ‘सरकारले सार्वजनिक बिदा दिएको छ भनेर सूचना पाउँदा मैले पढाइरहेकी थिए’ त्यसपश्चात् विद्यालयमा बिदा गरियो ।’

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्व सभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरगणमा राखिएको छ ।

 

वि.सं.२०८१ मंसिर ३ सोमवार १२:५० मा प्रकाशित

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट बैंक तथा वित्तीय...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...