back
CTIZAN AD

सानिमा बैंकद्वारा नयाँ शाखा विस्तार

वि.सं.२०८१ मंसिर १० सोमवार

849 

shares

काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । आइतवार मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंशआचार्य (मह जोडी) तथा बैंकका संचालक लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका थिए ।

सो समारोहमा नगर प्रमुख कार्कीले सानिमा बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै यस बैंक मार्फत स्थानीयमा सहज बैंकिङ्ग सेवाको पहुँचबाट लाभान्वित हुने बताए ।

यसैगरी मह जोडीले थलीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिविश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका संचालक निरौला तथा प्रमुख कार्यकारी अधिकृत पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

बैंकको देशका सातै प्रदेशमा १३४ वटा कार्यालयर १२४ वटा ए.टि.एम. संचालनमा रहेको बैंकले जनाएको छ ।

 

 

 

 

 

 

 

वि.सं.२०८१ मंसिर १० सोमवार ११:१२ मा प्रकाशित

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...

यस्तो छ बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...