back
CTIZAN AD

चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा

वि.सं.२०८१ मंसिर ११ मंगलवार

705 

shares

चन्द्रपुर (रौतहट) । रौतहटको चन्द्रपुर नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका विगत दुई वर्षदेखि निष्क्रिय रहेका सहकारी संस्था खारेजको लागि नगरपालिकाको सहकारी शाखाले सूचना प्रकाशन गरेको छ ।

सहकारी शाखाले चन्द्रपुर नगरपालिका सहकारी ऐन, २०७९ परिच्छेद १४ दफा ६६ उपदफा (१), (२) (३), (४), (५) र (७) तथा दफा ६७ उपदफा (१), (२) बमोजिम सहकारी संस्था विघटन तथा दर्ता खारेज गर्न सकिने हुँदा यो सूचना प्रकाशित भएको उल्लेख गरिएको छ ।

पैंतीस दिनभित्र संस्थाको दर्ता प्रमाणपत्र, सक्कल पान नं प्रमाणपत्र, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपी, पछिल्लो साधारणसभा भेलाको छायाकपीलगायत आवश्यक कागजातसहित चन्द्रपुर नगरपालिका सहकारी शाखामा सम्पर्क गर्न सहकारी शाखाका प्रमुख शेख नसरे आलमले जानकारी दिएका छन् ।

तोकिएको समय सीमाभित्र सम्पर्क गर्न नसक्ने सहकारी संस्थालाई खारेज प्रक्रियामा लगिने शाखा प्रमुख आलमले बताए । चन्द्रपुर नगरपालिकाको सहकारी शाखाद्वारा जारी पत्रमा चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, छहारी समाज कृषि सहकारी संस्था लि चन्द्रपुर ४, कामधेनु महिला दुग्ध उत्पादन सहकारी संस्था लि चन्द्रपुर ५, देवी कृषि सहकारी संस्था लि चन्द्रपुर ४, सक्षम कृषि सहकारी संस्था लि चन्द्रपुर ४, अनुग्रह सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, चाँदी स्वास्थ्य सहकारी संस्था लि चन्द्रपुर ४ खारेजीको प्रक्रियामा रहेको उनले जानकारी दिए ।

यसैगरी सयपत्री बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, सिद्धार्थ कृषि सहकारी संस्था लि चन्द्रपुर १०, पारिजात साथी कृषि सहकारी संस्था लि चन्द्रपुर १, कामधेनु दुग्ध उत्पादक सहकारी संस्था लि चन्द्रपुर २, सगुन कृषि सहकारी संस्था लि चन्द्रपुर २, नुनथर कृषि सहकारी संस्था लि चन्द्रपुर २, आग्रह महिला विकास बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, डुमरिया महिला कृषि सहकारी संस्था लि चन्द्रपुर ९, शिवशक्ति कृषि सहकारी संस्था लि चन्द्रपुर १०, गढीमाई कृषि सहकारी संस्था लि चन्द्रपुर ९, रामायण कृषि सहकारी संस्था लि चन्द्रपुर ९ समेत खारेजीको प्रक्रियामा छन् ।

त्यस्तै कलश बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ९, शिव बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर १०, श्रमजीवी कृषि सहकारी संस्था लि चन्द्रपुर ९, गोधुली कृषि सहकारी संस्था लि चन्द्रपुर ८, आशिक कृषि सहकारी संस्था लि चन्द्रपुर ८, वृन्दावन महिला दुग्ध उत्पादन सहकारी संस्था लि चन्द्रपुर ८ र नुनथर सुचना तथा संचार सहकारी संस्था लि चन्द्रपुर चार गरेर २५ वटा सहकारी संस्थाको खारेजीको प्रक्रियाको लागि नगरपालिकाले नाम प्रकाशन गरेको छ ।

वि.सं.२०८१ मंसिर ११ मंगलवार २०:१० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...