back
CTIZAN AD

पर्यटकीय पूर्वाधार निर्माणका लागि ६४ लाख रकम सङ्कलन

वि.सं.२०८१ मंसिर १६ आइतवार

696 

shares

गलकोट (बागलुङ) । सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ६४ लाख सङ्कलन भएको छ । प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम सङ्कलन भएको हो ।

गाजाको दह संरक्षणमा पर्याप्त लगानी नगर्दा क्रमशः दह सुक्दै गएको गएको र मन्दिर पनि जीर्ण भएको भन्दै स्थानीयले महायज्ञ आयोजना गरेर रकम सङ्कलन गरेका छन् । गाजा दहको प्रचारप्रसारसँगै पूर्वाधार निर्माण गर्न यही मङ्सिर ८ गतेदेखि सुरु भएको उक्त महायज्ञ मङ्सिर १४ गते सम्पन्न भएको हो । गाजा दह क्षेत्रमा पूर्वाधार निर्माणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा नगदका साथै अन्य बागदान र जिन्सी सामानको मूल्याङ्कनपछि मात्र सहयोगबारे भन्न सकिने महायज्ञ मूल आयोजक समितिका प्रचारप्रसार संयोजक दिलीप पर्तेलले जानकारी दिए ।

सङ्कलित रकमले बागलुङको जैमिनी र गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको शिरमा पर्ने गाजाको दहमा रहेको सिद्ध बराहको मन्दिर जीर्ण भएकाले पुनर्निर्माण गरिनेछ । गाजा दहको एकीकृत विकासका लागि गुरुयोजना बनाएर विकास गर्ने लक्ष्य रहेको सिद्ध बराह मन्दिर संरक्षण समिति अध्यक्ष लोकबहादुर छन्त्यालले जानकारी दिए ।

महायज्ञमा प्रमुख वाचकका रूपमा शिवदत्त रेग्मीले धार्मिक प्रवचन गरेका थिए । महायज्ञमा सङ्कलन भएको रकम गाजा दहको प्रचारप्रसार, पूर्वाधार र सिद्ध बराहको पुनर्निर्माण गरिनेछ ।रासस

वि.सं.२०८१ मंसिर १६ आइतवार ११:१० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...