back
CTIZAN AD

विवाहपञ्चमीमा मधेस प्रदेशद्वारा आवासको व्यवस्था

वि.सं.२०८१ मंसिर १८ मंगलवार

477 

shares

जनकपुर । मधेस प्रदेश सरकारले जनकपुरधाममा हुन लागेको विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित र भव्य बनाउन आवासको व्यवस्था गरेको छ ।

रामजानकी विवाह हुने यही मङ्सिर २१ गतेका दिन जनकपुरधाममा लाखौँको सङ्ख्यामा मेला भर्न आउने श्रद्धालु भक्तजन तथा साधुसन्तका लागि उचित तथा पर्याप्त सुविधा उपलब्ध गराउने गरी प्रदेश सरकारले सहरका विभिन्न ठाउँमा अस्थायी आवासलगायत संरचना निर्माण गरेको छ ।

विवाहपञ्चमी महोत्सवका बेला दर्शनार्थीलाई हुने अप्ठ्यारालाई दृष्टिगत गरी प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यसअघि आवश्यक संरचना निर्माण, वैवाहिक विधि तथा प्रक्रियामा सहज सहभागिता र सुरक्षा प्रबन्ध गर्न प्रदेश मातहतका मन्त्रालयलाई निर्देशन दिएका थिए ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत श्यामसुन्दर मण्डलका अनुसार प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयबाट सहरका विभिन्न चार ठाउँमा खानेपानी संरचना निर्माण तथा ठाउँठाउँमा सडकबत्ती जडान गरिएका छन् ।

प्रदेश खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जैसवालका अनुसार अयोध्याबाट आउने जन्तीलाई प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेस भवनभित्र मङ्सिर २० गते स्वागत कार्यक्रम राखिएको छ ।

 

वि.सं.२०८१ मंसिर १८ मंगलवार १९:४२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...