back
CTIZAN AD

दक्षिण कोरियामा सैनिक शासन फिर्ता, अमेरिकाले गर्‍यो स्वागत

वि.सं.२०८१ मंसिर १९ बुधवार

948 

shares

काठमाडौँ । दक्षिण कोरियामा मङ्गलवार साँझ लागू गरिएको सैन्य शासन राष्ट्रपति युन सुक योलले फिर्ता लिएकामा अमेरिकाले स्वागत गरेको छ । अमेरिकाको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी दक्षिण कोरियाली राष्ट्रपतिको कदमको स्वागत गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विगत २४ घण्टामा दक्षिण कोरियामा भएका घटनालाई संयुक्त राज्य अमेरिकाले नजिकबाट नियालिरहेको छ । हामी राष्ट्रपति युनको भनाइलाई स्वागत गर्दछौँ, जसमा उनले राष्ट्रिय सभाको सर्वसम्मत सहमतिमा कोरियाको संविधानअन्तर्गत आपत्कालीन सैनिक कानुन रद्द गर्ने भनेका छन् ।’

साथै अमेरिकी विदेश मन्त्रालयले अब दक्षिण कोरियाका राजनीतिक मतभेद शान्तिपूर्ण र कानुनसम्मत रूपमा समाधान हुने आशा पनि व्यक्त गरेको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘लोकतन्त्र र कानुनअन्तर्गत हामी कोरियाली जनता र अमेरिका–कोरिया गठबन्धनका लागि हाम्रो समर्थन पुष्टि गर्दछौँ ।’

मङ्गलवार साँझ दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले देशमा मार्सल ल अर्थात् सैनिक कानुन लागू भएको घोषणा गरेका थिए । तर, दक्षिण कोरियाको राष्ट्रिय सभामा सांसदले राष्ट्रपतिको यो निर्णय बहुमतले उल्टाएपछि बुधवार बिहान मार्सल ल लगाउने आदेश फिर्ता लिएका छन् ।

सैन्य शासन फिर्ता लिए पनि राष्ट्रपतिले राजीनामा दिनुपर्ने माग गर्दै दक्षिण कोरियाली नागरिक सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

वि.सं.२०८१ मंसिर १९ बुधवार १०:४७ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...