back
CTIZAN AD

पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ  : सभापति देउवा

वि.सं.२०८१ मंसिर १९ बुधवार

660 

shares

पाटन (ललितपुर) । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा आज यहाँ आयोजित ‘शिक्षा नीति बहस’ विषयक कार्यक्रममा बोल्दै सभापति देउवाले शिक्षा र स्वास्थ्य पहिलो आवश्यकता भएको भन्दै नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाउनुपर्ने बताए । “शिक्षा प्रणालीको गुणात्मक विकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई समयसापेक्ष र विश्वस्तरीय बनाइनु आवश्यक छ, सबै तह र क्षेत्रका उत्कृष्ट शिक्षा नीति तय गर्न यो बहस महत्वपूर्ण हुनेछ”, उनले भने ।

कांग्रेसले मुलुकको शिक्षा प्रणालीको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले शिक्षा ऐनको विषय चर्चामा रहेकाले यसका लागि पार्टीले पहलकदम लिने उल्लेख गरे । “क्याम्पसहरु विद्यार्थी अभावमा बन्द हुने अवस्थाको समस्या समाधानका लागि बहस उपयोगी हुनेछ, बहसबाट आएका निष्कर्ष कार्यान्वयनमा पार्टीले ध्यान दिनेछ, दक्ष र शिक्षित जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई सीपसँग जोड्नुपर्नेछ, यस्ता बहसले समग्र मुलुकको शिक्षा नीतिमा सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास छ”, सभापति देउवाले भने ।

पार्टीको शिक्षा विभाग प्रमुख तथा केन्द्रीय सदस्य नैनसिंह महरको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न व्यक्तित्व र विषयविज्ञले आफ्ना धारणा राख्ने र प्रस्तुतीकरण राखेका थिए ।

 

वि.सं.२०८१ मंसिर १९ बुधवार १८:४७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...