back
CTIZAN AD

फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने

वि.सं.२०८१ मंसिर १९ बुधवार

816 

shares

पेरिस। फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरको अल्पकालीन प्रशासनको अन्त्य हुने सम्भावना बढेको छ ।

प्रधानमन्त्री बार्नियरले बुधबार सरकारले अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् ।

यदि प्रधानमन्त्रीलाई तीन महिना मा नै अविश्वासको मतविरूद्ध आफुप्रतिको समर्थन प्ष्टि गर्न नसकी बार्नियर सरकार ढलेमा राष्ट्रपति इमानुएल म्याक्रोँले बार्नियरको उत्तराधिकारी छान्न कठिन विकल्प रहनेछ ।

अविश्वासको मतका लागि नेशनल एसेम्बलीमा अर्को वर्षको बजेटलाई लिएर बार्नियरसँगको गतिरोधमा कट्टर वामपन्थी र अति दक्षिणपन्थीले ल्याएका दुई प्रस्तावमाथि छलफल गर्नेछ ।

तीन पटकराष्ट्रपति पदका उम्मेदवार मारिन ले पेनको अति दक्षिणपन्थी नेसनल ¥याली (आरएन) ले वाम गठबन्धनले अघि सारेको प्रस्तावको पक्षमा मतदान गर्ने अपेक्षा गरिएको छ ।

फ्रान्सेली टेलिभिजनमा बुधबारको मतदानमा उनकोे सरकार टिक्ने सम्भावना छ कि छैन भनी सोधिएको प्रश्नमा बार्नियरले भने, “। राजनीतिक मतभेदहरू, विचलनहरू, लोकतन्त्रमा सामान्य विरोधाभासभन्दा बाहिर म सरकार टिकोस् भन्ने चाहन्छु र यो सम्भव छ।”

तर अधिकांश विश्लेषकहरूले अति दक्षिणपन्थीहरूले वाम पन्थसँग अपवित्र गठबन्धन गरेर सरकार ढाल्ने विश्वास गरेका छन् ।

ग्रीष्मयाममा म्याक्रोँले आह्वान गरेको मध्यावधि निर्वाचनले दक्षिणपन्थीहरूको यात्रालाई रोक्न सफल भएको थिएन र संसद्मा कुनै पनि दल वा गुटलाई बहुमत दिलाउन असफल भएको थियो ।

यसअघिका विधायिकी निर्वाचनको एक वर्षभित्र कुनै पनि नयाँ निर्वाचन हुन सक्दैन, जसले गर्दा म्याक्रोँको विकल्प खुम्चिएको छ ।

कतिपयले साउदी अरबको राजकीय भ्रमण पूरा गर्न लागेका राष्ट्रपतिले राजनीतिक गतिरोध अन्त्यका लागि राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।

तर राष्ट्रपति म्याक्रोँले ती आह्वानलाई अस्वीकार गर्दै यस्तो परिदृश्य ‘राजनीतिक कल्पना’ नभएको बताएका छन् ।

साउदी अरब भ्रमणका क्रममा म्याक्रोँले सञ्चारकर्मीसँग भने, “म फ्रान्सेली जनताबाट दुई पटक निर्वाचित भएँ। मलाई यो कुरामा गर्व छ र म यो विश्वासलाई अन्तिम सेकेण्डसम्म मेरो सबै ऊर्जाको साथ सम्मान गर्नेछु र यो नै देशको लागि उपयोगी हुनेछ,” म्याक्रोंले भने । म्याक्रोको कार्यकाल सन् २०२७ सम्मका लागि रहेको छ ।

केही प्रमुख विपक्षी व्यक्तित्वहरू र राष्ट्रपतिको गुटसँग नजिक रहेका केही व्यक्तिले पनि राजीनामा म्याक्रोँको एक मात्र व्यावहारिक विकल्प हुन सक्ने सुझाव दिएका छन्।(रासस/एएफपी)

 

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:४५ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...