back
CTIZAN AD

राष्ट्रसङ्घले सन् २०२५ मा सहायतका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग

वि.सं.२०८१ मंसिर १९ बुधवार

666 

shares

जेनेभा । संयुक्त राष्ट्रसङ्घले बढ्दो द्वन्द्व र जलवायु सङ्कटका कारण लाखौं मानिसलाई सहायताको आवश्यक पर्ने भन्दै आगामी वर्षका लागि ४७ अर्ब अमेरिकी डलरभन्दा बढीको माग गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका नयाँ मानवीय सहायता प्रमुख टम फ्लेचरले जेनेभामा पत्रकारसँग कुरा गर्दै सन् २०२५ लाई ‘चिन्ता’ का साथ हेरिरहेको स्वीकारेका छन् ।

गाजा, सुडान र युक्रेनजस्ता स्थानमा भीषण द्वन्द्व चर्किरहेको र जलवायु परिवर्तन र चरम मौसमले ठूलो क्षति पु¥याइरहेको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आगामी वर्ष विश्वव्यापी रूपमा ३० करोड ५० लाख मानिसलाई कुनै न कुनै प्रकारको आपतकालीन सहायताको आवश्यकता पर्ने अनुमान गरेको हो ।

फ्लेचरले भने, “हामी अहिले विश्वव्यापी रूपमा कैयौँ–सङ्कटको सामना गरिरहेका छौँ र यो सहयोग विश्वमा बढी सङ्कट झेलिरहेका सबैभन्दा कमजोर मानिसहरूका लागि हो । जलवायु परिवर्तन र द्वन्द्वका कारण सिर्जित असमानताले आवश्यकताको ‘व्यापक माग’लाई निम्त्याएको छ।

’ग्लोबल ह्युमेनिटेरियन ओभरभ्यु’को शुभारम्भ गर्दै फ्लेचरले संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले खाँचोमा परेका सबै व्यक्तिसम्म पुग्न नसक्ने बताए ।

संयुक्त राष्ट्रसङ्घका निकाय र अन्य मानवीय संस्थाहरूले सन् २०२५ का लागि ४७ अर्ब ४० करोड अमेरिकी डलर माग गरेका छन्, जुन यस वर्षको अपिलभन्दा केही कम हो।

फ्लेचरले भने, “यो योजनापछि पनि अझै ११ करोड ५० लाख अमेरिकी अपुग हुने फ्लेचरले स्वीकार गरे ।

विश्वभरका मानवीय कार्यमा ‘दातृ निकायको थकान’ले सहायता कार्यक्रमलाई असर गरिरहेको तर्फ इङ्गित गर्दै उनले ‘यथार्थपरक’ योजना तयार पार्नुपर्नेमा जोड दिए । उनले भने, “यसका लागि प्राथमिकता र ‘वास्तवमै कठिन, कठिन छनौट’ को आवश्यकता पर्छ।”

गत महिनासम्ममा यस वर्षका लागि ५० अर्ब अमेरिकी डलर को अपिलमध्ये ४३ प्रतिशत मात्र पूरा भएको थियो ।

यस वर्ष सिरियामा खाद्य सहायतामा ८० प्रतिशतले कमी आएको, म्यान्मारमा सुरक्षा सेवामा कटौती गरिएको र हैजाप्रभावित यमनमा पानी तथा सरसफाइ सहायतामा कमी आएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

तथापि, सशस्त्र द्वन्द्वमा मानिसहरूलाई सहयोग र संरक्षण गर्न सबैभन्दा ठूलो अवरोध भनेको अन्तर्राष्ट्रिय कानूनको व्यापक उल्लङ्घन हो ।

सन् २०२४ मानवीय सहायताकर्मीका लागि सबैभन्दा घातक वर्ष भइसकेको छ । गत वर्ष २८० सहायताकर्मीको मृत्यु भएको थियो ।

फ्लेचरले भन्नुभयो,“विश्वव्यापी मानवीय प्रणाली ‘अत्यधिक बढ्दो गति’मा छ तर आवश्यकताको तुलनामा कम वित्तपोषित छ र यो शाब्दिक रूपमा भन्दा चिन्ताजनक अवस्थामा छ”, फ्लेचरले भने ।

“हामीलाई विश्वव्यापी ऐक्यबद्धतामा वृद्धिको आवश्यकता छ।”

यसैबीच विश्वको सबैभन्दा ठूलो मानवीय दातृ निकाय अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपतिमा पुनरागमनले आगामी वर्ष सहायता रकममा वृद्धिको साटो सहायता एजेन्सीको बजेट कटौती हुनसक्ने आशङ्का बढेको छ ।

फ्लेचरले आगामी महिनामा नयाँ प्रशासनसँग जोडिनका लागि वासिङ्टनमा धेरै समय बिताउने योजना रहेको बताएका छन् ।

“धेरै कठिन वैश्विक जलवायु परिवर्तनको चिन्ता केवल अमेरिकाको कारण मात्र नभई अन्य दातृ मुलुकका कारण पनि निम्तिएको र यसलाई सम्बोधन गर्न थप कदम चाल्नु पर्ने आवश्यकता छ,” फ्लेचरले भने ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२४ को मध्यसम्ममा द्वन्द्वका कारण १२ करोड ३० लाख मानिस आफ्नो घरबाट विस्थापित भएर बाँचिरहेका छन् भने विश्वमा हरेक पाँच बालबालिकामध्ये एक जना द्वन्द्वग्रस्त क्षेत्रमा बसिरहेका छन् ।

अझ चिन्ताजनक कुरा के छ भने समुदाय, खाद्य प्रणालीलाई तहसनहस पार्ने र सामूहिक विस्थापन गर्ने जलवायुजन्य विपत्तिहरूले समस्या सिर्जना गरेका छन् ।

उनले भने, “मलाई चिन्ता के छ भने आवश्यकताका ती दुई ठूला चालकहरूले अहिले एक साथ समस्याको सिर्जना गरिरहेका छन् । (रासस/एएफपी):

 

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०५ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...