back
CTIZAN AD

रामपुर नगरक्षेत्रको माटोमा फस्फोरस र पोटासको मात्रा कम

वि.सं.२०८१ मंसिर २१ शुक्रवार

771 

shares

रामपुर (पाल्पा) । यहाँको खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कम रहेको पाइएको छ । माटोमा फस्फोरस र पोटासको मात्रा कम हुँदा उत्पादकत्व घट्ने कृषि प्राविधिक बताउँछन् ।

रामपुरमा बिहीबार भएको माटो परीक्षण शिविरमा परीक्षण गरिएको अधिकांश माटोमा फस्फोरस र पोटासको मात्रा कम भेटिएपछि किसानलाई माटोको उर्वराशक्ति बढाउन सुझाव दिइएको छ ।

रामपुर नगरपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा भएको शिविरमा नगरका १० वटै वडाबाट नमूनाका रूपमा माटो परीक्षण भएको छ । जाँच गरिएका माटोमध्ये धेरैमा फस्फोरस र पोटासको मात्रा कम पाइएको छ ।

परीक्षणका लागि ल्याइएको ८२ स्थानका माटोका नमूनामध्ये शिविरमा ४० वटाको नमूना परीक्षण गरिएकामा नाइट्रोजनको मात्रा तटस्थ, फस्फोरस र पोटासको मात्रा भने कम देखिएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक रविन बुढाले बताए ।
शिविरमार्फत आफ्नै गाउँठाउँमा माटो परीक्षण गर्न पाउँदा किसानलाई धेरै राहत मिलेको अगुवा किसान दिलबहादुर थापा बताउँछन् । उनले बेलाबेलामा आयोजना हुने यस्ता शिविरले आफ्नो खेतबारीको माटोको अवस्था कस्तो छ, उत्पादन घट्न नदिन ध्यान दिनुपर्ने कुराबारे धेरै जानकारी हुने बताए ।

खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कमी हुँदा उत्पादकत्व घट्ने, माटो बिग्रने हुँदा माटोलाई आवश्यक पर्ने तत्वको मात्रा मिलाएर प्रयोग गर्न किसानलाई सुझाव दिइएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे बताउँछन् ।

“रामपुर क्षेत्रका किसानले आफ्नो खेतबारीको माटो परीक्षण गर्न चासो कम देखाउने गरेका छन् , नगरपालिका कार्यालयले पूर्वसूचना जारी गरे पनि परीक्षणका लागि ल्याउने कम छन्, नियमित रूपमा खेतीयोग्य जमिनको माटो परीक्षण गराउने बानी किसानमा अझै बसेको छैन”, उनले भने ।

यसअघि नमूना सङ्कलन गरेर पोखरा तथा बाँकेको खजुरा प्रयोगशालामा लैजानुपर्दा किसानलाई समस्या थियो । जिल्लास्थित हाल कृषि ज्ञान केन्द्रमा माटो परीक्षण व्यवस्था भएको छ ।केन्द्रले जिल्लाका स्थानीय तहसँग समन्वय गरेर बेलाबेलामा शिविरमार्फत माटो परीक्षण गरिरहेको छ ।

(

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ११:०७ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...