पशुपालन मुख्यतः ग्रामीण क्षेत्रको जनजीवन र कृषि प्रणाली जोडिएको छ। कुल जनसंख्याको ठूलो हिस्सा परम्परागत पशुपालनमा छ। गाई, भैंसी, बाख्रा, भेडा, कुखुरा, तथा माछा जस्ता ब्यबसायमा सक्रिय विभिन ब्यबसायीहरु रहेका छन्। नेपालको हावापानी तथा यहाको संंस्कृति अनुसार बिभिन्न पशुपालनका लागि उपयुक्त वातावरण प्रदान गरे येहाको पशुपलान ब्यबसायले ब्यबसयिकता लिन सकेको छैन । यो क्षेत्र अझै पनि परम्परागत पद्धतिमा आधारित छ। पशु आहारको कम उपलब्धता, आधुनिक प्रविधिको कमी, रोग नियन्त्रण समस्या, बजार व्यवस्थापनमा कमजोरी रहेको छ तथापि, सरकारी र सरकारी प्रयासहरू सुधारका लागि तालिम, अनुदान, र गैर प्रविधि हस्तान्तरणका काम ब्यबसायीहरुले ब्याबसाय संचालन गरिरहेका छन्।पशुपालनले राज्यलाई आर्थिक योगदान पशुपालनले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा करिब १३५ योगदान पुर्याएको छ ।
घासमुखी पशुपालन नहुनु
हाल नेपालको पशपालन करिब करिब परम्परागत रुपमै रहेको छ। पशुपालन हालसम्म पनि घर खर्चको लागि निर्वाहमुखी रुपमा पालिएको पाइन्छ। तर पनि हालका केहि बर्ष देखि यो ब्याबसायमा नया पुस्ताको आगमन भएको पाइन्छ। जुनकुरा अति महत्वपूर्ण रहेको छ। नेपालमा परम्परागत रुपमा या आधुनिक रुपमा यो पशुपालन गरिआएको भए पनि घासमुखी पशुपालन गरिआएको पाइदैन। समग्रमा पशुपालनको उत्पादन लागतको ७० प्रतिशत खर्च आहारामा खर्च हुन्छ। त्यसकारण यो ब्यबसायमा आहाराको ब्यबस्थापन गर्ने कुरा अति महत्वपूर्ण रहेको छ। हालको पशुपालनको मुख्य समस्या नै उत्पादन लागत बढी हुनु हो। यसको लागि खेरा गएको जमिनको समुचित प्रयोग गरि उन्नत अनि पोषिलो घास खेति गर्नुपर्ने हुन्छ। हामिकहा बर्षाद सिजनमा हरियो घास बढी हुने र हिउदको सिजनमा घासको कमी हुने हुनाले पशुले सबै महिना मा हरियो घास खान पाउदैनन। त्यसैले बर्षादमा बढी भएको घासलाइ हे,साइलेज, बनाएर समेत उपयोग गर्न सकिन्छ। साथै हरियो घास भए पनि कोसे घास नहुनु या न्यून पौस्टिक हुनु, सरदर हाम्रो घासको पोषिलोपना ५-६ प्रतिशत प्रोटिन देखिन्छ। जसले गर्दा हाम्रो पशु पालन बाट राम्रो उत्पादन लिन सकिएको देखिदैन। त्यसकारण हामिले आफ्नो जमिन मा घास लगाउदा कम्तिमा १० प्रतिसत प्रोटिन भएको घासहरू जस्तै, सुपर नेपियर, स्टाइलो, ज्वाइन्ट भेच, बर्षिम, लुसन, निमारो, राइखानियो, बदामे, जै,क्लोभर, लगायतका घास रोप्नुपर्छ। घास रोप्दा कोसे अकोसे मिलाएर रोप्दा पशुलाइ पौस्टिक पदार्थको आबश्यकता पुरा हुन्छ। अब को पशुपालन पराल बाट होइन हे साइलेज मुखी बनाएर गरौ।
दानाको कच्चा पदार्थको स्रोत कमि हुनु
हाम्रो देशमा पशु बस्तुको लागि आबश्यक पर्ने दाना को लागि कच्चा पदार्थको उत्पादन कम छ। तसर्थ, कच्चा पदार्थको लागि अझ पनि आयातमै भर पर्नुपर्ने अवस्था छ।फलतः दानाको लागत महँगो पर्न गएको पाइन्छ। यो आपूर्ति निजि क्षेत्रको मात्र भर पर्नु पर्दा उनीहरुले एकाधिकार प्रयोग गर्दा अनाबस्यक महँगो हुने गरेको हुनाले पनि पशुपालनको लागि उत्पादन लागत बढी हुदा ब्यबसायी पलायन हुने गरेको छ। जस्तै कुखुरा पालकको समस्या उदाहरणको रुपमा हेर्न सकिन्छ। यसको लागि सरकारले बिशेष क्षेत्रमा एक गाउ एक उत्पादनको रुपमा बिकास गरेर सस्तोमा दानाको लागि कच्चा पदार्थ उपलब्धता गराउदा राम्रो हुनेछ।
उन्नत नस्लको पशु बस्तु नहुनु
हामी कहाँ अहिले पनि उन्नत उत्पादनशिल पशुको तथ्याङ्क हेर्दा करिब ५ प्रतिशतको हाराहारीमा पाउन सकिन्छ। हालको स्थानीय अनि कम उत्पादनशिल पशुबाट न्यून उत्पादन भएको कारणले गर्दा ब्याबसायीहरु समस्यामा रहेको पाइन्छ। जस्तै, हामि कहाँ स्थानीय भैसीको बार्षिक दुध उत्पादन १००० लिटर रहेको छ। स्थानीय गाइको उत्पादन प्रति बेत २८० लिटर रहेको छ तर विदेशमा एउटा जर्सी गाइको उत्पादन ६००० लिटर रहेको छ हाम्रो मा भने त्येही जर्सी गाइ को उत्पादन ३००० लिटर रहेको छ।
बैक ऋण महँगो हुनु
कृषि ब्यबसायीले ऋण पाउनु नै ठुलो कुरा भरैहेको यो अबस्थामा सहुलियत ऋणको कुरा धरै परको कुरा हो । हाल पनि पशुपालक किसानहरुले सजिलोसँग ऋण पाउनको लागि कि त गाउँको साहु महाजनसँग जानु पर्छ कि त सहकारीमा जानु पर्छ । सहकारीबाट ऋण लिदा १५-१८ प्रतिसत सम्म ब्याज तिर्नु पर्छ । हुनत सरकारले सहुलियत पूर्ण ऋणको ब्यबस्था गरेको पाइन्छ तर त्यो लिन सबैको पहुच पुगेको देखिदैन । किनकि ग्रामिण क्षेत्रमा पशुपालन गरेको हुन्छ बैकले सहरको धितो मागेको हुन्छ । सरकारले यस्तो ब्यबसायको लागि बिशेस योजना बनाएर ३ प्रतिसतमा ऋण दिने ब्यबस्था गर्नुपर्छ । हुनत् हाल सरकारले बैंकहरुलाई आफ्नो लगानीको १५ प्रतिसत ऋण कृषि क्षेत्रमा लगानी गर्नु पर्ने कडाइ सुरु गरेको छ । हेरुँ यसको कार्यान्वन कस्तो हुन्छ।
परियोजनाका आधारमा ऋण दिने ब्यबस्था नहुनु
ग्रामिण क्षेत्रमा पशुपालन गरेका ब्याबसायीहरु लागि उस्को परियोजना नै धितो रहने गरि सुलभ ऋण प्रदान गर्नु पर्छ । बरु ऋण लगानीमा दुरुपयोग भएमा कडा कारवाही हुने गरि नियम बनाएर पशुपालक ब्याबसायी लाई ३ प्रतिसतमा सुलभ ऋण त्यो पनि परियोजना धितो रहने गरि ऋणको ब्यबस्था गर्नु पर्छ ।
पशु बिमा सुलभ नहुनु
हाल सरकारले पशुको बिमाको लागि बिमा रकममा लाग्ने शुल्कको ८० प्रतिशत अनुदान दिने गरेको छ तर यो सुबिधाको लागि बिमा कम्पनिहरु गाउँगाउँमा जान तयार भएको पाइदैन । त्यसकारण बिमा कम्पनिहरु गाउ जाने वातावरण तयार गरि सुलभ अनि सरल तरिकाबाट किसानले बिमा गर्न पाउने र बिमा क्षतिपूर्तिको रकम सहजरुपमा पाउने ब्यबस्था कडाइका साथ लागु गरिनु पर्छ । हाल पशु बिमाको नाममा केहि सहकारीहरुले गरेको बिमाको भर परेर पशुपालन फस्टाउन सक्दैन बिमा मुल्य निधारण समय अनुसार हुनुपर्छ ।
कामदारको अभाव
हाम्रो देश श्रम निर्यात गर्ने देशको रुपमा चिनिए पनि यहाँ कृषि क्षेत्रमा काम गर्ने कामदारको अभाब रहेको छ। पशुपालन क्षेत्रमा काम गर्ने कामदारलाइ सम्मानित रुपमा हेरिएको पाइदैन। त्यसकारण सरकारले देशमा अति आबश्यक पर्ने जनशक्तिको लागि प्राबिधिक शिक्षालय मार्फत छोटो अबधीको तालिम दिएर दक्ष जनशक्ति तथा कामदार तयार गर्नु पर्छ।
दक्ष प्राबिधिकको कमि
देशका अधिकांश जनता कृषिमा आश्रित रहे पनि देशमा न्यून उत्पादन हुने दक्ष जनसक्ति समेत विदेश पलायन हुने अवस्था रहेको छ। भएको जनशक्तिमा समेत नयाँ नयाँ सिप प्रबिधिको बिकास नहुँदा कृत्रिम गर्भाधान, भ्रुण प्रत्यारोपण, अपरेशन, रोग निदानजस्ता कार्यको लागि ग्रामिण स्तरमा पहुचरहेको छैन । त्यति मात्र होइन यहाँँ पशु बस्तुको लागि अति महत्वपूर्ण मानिएको खोप, औषधीहरु समेत उपलब्ध हुन सकेको छैन । यसतर्फ ध्यान दिनुपर्छ ।
प्रसस्त जमिनको अभाव
गाउँ घरमा हाल अधिकाश जमिनहरु खालि रहेको भए पनि स्वामित्व फरक फरक ब्यक्तिको हुँदा सानो सानो क्षेत्रफलमा जमिन उपलब्ध हुने, भने जस्तो जमिनको उपयोग गर्न दिन जग्गा धनिहरु तयार नहुने हुनाले पशुपालन गर्न प्रशस्त जमिन पाउन सकिदैन।यसको कारणले ब्यबसाय बिस्तार गर्न समस्या हुने गरेको पाइन्छ। यसको लागी सरकारले स्थानिय निकायलाइ भुमि बैंकको स्थापना गर्न प्रोत्साहन दिएर चक्ल्लाबन्दि गरि एक गाउँ, एक उत्पादनलाइँ प्रोत्साहन गर्नु पर्छ ।
उचित बजारको पहुच नहुनु
हाल देशमा अधिकास कृषि बस्तुको आयात हुने गरेको पाइन्छ। हामी कहाँ कोदो देखि मासुसम्म केहि पनि आफ्नो उत्पादनले उत्पादन पुग्दैन तर पनि उत्पादनले बजार नपाएर फाल्नु पर्ने अबस्था समेत देख्न सुन्नपर्छ। यसको मुख्य कारण नै बजारमा बिचौलियाहरुको उपस्थितले गर्दा बजार ब्यबस्थित नहुनु हो। यसलाइ आधार मानेर स्थानीय सहकारी ले बजार व्यवस्था गर्ने गरि एक गाउ, एक उत्पादन गरि बजारको लागि सरकारले न्यूनतम आधार मुल्य कायम गरिदिनु पर्छ।
उत्पादकको लागतको आधारमा मुल्य नहुनु
नेपालमा हालसम्म पनि पशु उपजको न्यूनतम मुल्य तोक्ने ब्यबस्था नहुनाले किसानहरुले उत्पादन गरेको बस्तु बजारमा बिचौलियाहरुले तोक्ने अबस्था रहेको हुनाले पशुपालक ब्यबसायीहरु ब्यापारीको भर पर्नुपर्ने अबस्था रहेको छ। यसको लागि स्थानिय ब्यबसायीहरुको मुल्यशृङ्खलामा समाबेश गराएर उपभोक्ता अनि उत्पादकलाई जोडन सके मात्र ब्यबसायी सफल हुनेछन ।
सरकारी सेवा प्रोत्साहन मुखी नहुनुः
नेपालमा सरकारी सेवा दिने निकायहरुमा ब्यबसायीहरु लागि प्रोत्साहन गर्ने खालको कर्मचारी तथा नीति नहुनु पनि पशु पालन ब्याबसायी सफल नहुनुको एक कारण हो। जबसम्म पशुपालन गर्ने ब्यबसायीको गोठ मै निःशुल्क सेवा जस्तै कृतिम गर्भाधान, उपचार, रोग निदान, आहारा विकास, पुरस्कार, अनुदानको प्रस्ताब लेखन जस्ता पुग्ने अबस्था आउदैन, तबसम्म ब्यबसायीहरु सफल हुदैनन्।
यान्त्रिकरण गर्न अति खर्चिलो हुनुः
नेपालमा भोगोलिक हिसाबले पनि धेरै खालका यान्त्रिक उपकरणहरु प्रयोगमा ल्याउन सकिदैन तर पनि केहि सकिने खालका उपकरणहरु जस्तै, च्याफकटर, हाते ट्याक्टर, थ्रेसर, हार्बेस्टर लगायतका उपकरणहरु नेपालमा हालको बजार मुल्य अति महँगो परेको पाइन्छ । तर तिनको अन्तराष्ट्रिय बजारमा मुल्य हेर्दा अति सस्तोमा पाउन सकिन्छ।त्यस कारणले गर्दा नेपाल सरकारले ति समानहरुको भन्सार शुन्यमा आयात गर्न दिएर नेपाली ब्याबसायीहरुलाई यो ब्यबसायमा प्रोत्साहित गर्नु पर्दछ ।
यो पेसा ब्यबसायिकरण नहुनु
हाम्रो देशमा हालसम्म पनि पशुपालन ब्यबसाय निर्वाहमुखी मात्र रहेको छ। त्यसकारण यो पेसालाइ व्यबसायिक जबसम्म हुन सक्दैन तबसम्म यो पेसाबाट आम्दानी लिन सकिदैन।त्यसकारण हरेक पशुपालक ब्यबसायीले आफ्नो फर्मको हरेक रेकर्ड हरेक किसिमले राखिनु पर्छ ।जस्ले गर्दा फर्मको वास्तविक अबस्थाको बारेमा जानकारी प्राप्त हुन्छ।जसको कारणले गर्दा नेपालमा वास्तविक उत्पादन लागतको बारेमा जानकारी लिन सकिन्छ ।अनि मात्र लाभ लागतको कुरा बुझन सहज हुनेछ।
समाजमा कृषि अनुदानलाई हेर्ने दृष्टिकोण नकारात्मक हुनु
हाल हाम्रो समाजमा फर्म खोल्नी र ति फर्महरु धरासायी हुदै जाने गरेको उदाहरणको कारणले गर्दा ब्याबसायिक फर्महरु अनि कृषि अनुदान ल्यायो अनि अनुदान खायो भन्ने नकारात्मक सन्देशहरुले गर्दा समाजमा अनुदानप्रति नकारात्मक धारणा रहेको छ। यसको निवारणको लागि उत्पादनका आधारमा अनुदान दिने ब्यबस्था गरिनुपर्छ।
उत्पादनका आधारमा अनुदान दिने बैज्ञानिक ब्यबस्था नहुनु
हाल दिइएकाे अनुदानले नत कृषिको बिकास गर्छ न हाम्रो कृषि ब्याबसायिक हुन सक्छ। अबको अनुदान उत्पादनको आधारमा दिनु बैज्ञानिक हुन्छ। यसको लागी ब्याज अनुदान बिमा अनुदान दुधमा अनुदान, मासुमा अनुदान दिने ब्याबस्था गर्नु पर्छ ।
पशुहरुको उन्नतनस्ल सम्बन्धि अनुसन्धान नहुनु
हालसम्म पनि कुन जातको पशु हाम्रो लागि ठिक हुन्छ या सफल हुन्छ भने कुराको अनुसन्धान नहुनु, देशमा कृषिका लागि रकम अति कम छुटिनु, त्यसमा पनि अनुसन्धानको लागि खास महत्व दिइएको पाइदैन। जबसम्म राज्यले प्राथामिकतामा राखेर यो वास्तविक अनुसन्धानमा ध्यान दिदैन, तबसम्म केहि उपलब्धि हुनेछैन । बिना अनुसन्धान हालको जस्तो जसले जे पायो त्यो ल्याउन पाउने नियमले गर्दा देशमा कुन दिन ठुलो समस्या निम्त्याउनेछ।यसको लागि सचेत हुनु जरुरी देखिन्छ ।
पशुपालन व्यवसाय सफलताका लागि योजनाबद्ध र व्यवस्थित विधिहरू काम गर्ने। पहिलो चरणमा उपयुक्त पशु छनोट गर्नु पर्छ। व्यवसायको स्थान, उपलब्ध स्रोत, र बजारको मागलाई ध्यानमा राखेर पशुको प्रजाति र संख्याको गणना गर्नुपर्ने हुन्छ। यसका साथै, पशुका लागि उपयुक्त गोठ व्यवस्थापन, स्वा सफा र स्वच्छ वातावरण, तथा नियमित रेखदेख जस्ता कुरामा ध्यान दिने दोस्रो, गुणस्तरीय आहार र पानीको व्यवस्थापन अति आवश्यक छ। पोषिलो आहारले पशु उत्पादकत्व र स्वास्थ्य सुधार। अतिरिक्त, आधुनिक प्रविधि र वैज्ञानिक विधिको प्रयोग उत्पादन क्षमता विकास सहयोग पुर्यु तालिम र परामर्शदाताको सहयोगका लागि आफूलाई अपडेट गर्न पनि सफलता हात पर्छ ।
अवस्था, बजार व्यवस्थापन र लागत विश्लेषणमा ध्यान दिनु आवश्यक छ। उत्पादित सामानको उचित मूल्य र स्थायी बजार बजारको लागि व्यवसायको प्रचार(प्रसार र मूल्यमा ध्यान दिनु पशुपालन व्यवसाय सफलताका लागि योजनाबद्ध र व्यवस्थित विधिहरू काम गर्नुपर्दछ। पहिलो चरणमा उपयुक्त पशु छनोट गर्नू पर्छ। व्यवसायको स्थान, उपलब्ध स्रोत, र बजारको मागलाई ध्यानमा राखेर पशुको प्रजाति र संख्याको स्थापना गर्नुहोस्। यसका साथै, पशुका लागि उपयुक्त गोठ व्यवस्थापन, सफा र स्वच्छ वातावरण नियमित गर्नुपर्दछ ।
दोस्रो, गुणस्तरीय आहार र पानीको व्यवस्थापन अति आवश्यक छ। पोषिलो आहारले पशु उत्पादकत्व र स्वास्थ्य सुधार। अतिरिक्त, आधुनिक प्रविधि र वैज्ञानिक विधिको प्रयोग उत्पादन क्षमता विकास सहयोग पुर्यु तालिम र परामर्शदाताको सहयोगका लागि आफूलाई अपडेट गर्न पनि सफलता प्राप्त हुन्छ ।
उत्पादनको अवस्था, बजार व्यवस्थापन र लागत विश्लेषणमा ध्यान दिनु आवश्यक छ। उत्पादित सामानको उचित मूल्य र स्थायी बजार बजारको लागि व्यवसायको प्रचार(प्रसार र मूल्यमा पनि ध्यान दिनु पर्छ।
कार्यान्वयन, धैर्य र लगनशीलता अनिवार्य कुरा हुन्। कार्यान्वयन, धैर्य र लगनशीलता अनिवार्य गुण हुन्। साना(साना आक्रामक हुने खतरा बढेने भने मात्र यो व्यवसाय सफल भइन्छ। नियमित मूल्यांकन र आवश्यक परिमार्जनले दीर्घकालीन सफलता हातपर्छ।
जबसम्म पशुपालन ब्याबसायमा सरकारको सकारात्मक ध्यान जादैन तबसम्म बिस्वको कुनै पनि देशमा कृषि र पशुपालन ब्यबसाय सफल हुदैन।देश भित्रको उत्पादनलाई जबसम्म प्रोत्साहन गरिदैन तबसम्म यो पेसा सफल हुदैन । ठुला ठुला योजनाहरु केन्द्रीय सरकारबाट हुनुपर्छ । मझौला खालको कार्यक्रम प्रदेशबाट जसले बजारिकरणको टेवा पुग्ने कार्यक्रम बनाउने, अनि स्थानीय तहले उत्पादनमुखी कार्यक्रम बनाएर बजारसम्म पुराउने, जसले गर्दा उत्पादकलाइ बजारको सुनिश्चिता होस् ।सरकारले उत्पादकलाई एउटा लक्ष्य सहितको कार्यक्रम दिनु पर्छ ।जसले गर्दा किसानलाई बजारिकरण तिरको चिन्ता नहोस ।अहिलेको मूल समस्या नै उत्पादन लागत बढी हुनु, अनि बिदेशी बस्तुसग प्रतिस्पर्धा गर्न नसक्नु हो । जसको लागि न्युनतम समर्थन मुल्य कायम गर्ने, नजादिदो तरिकाले बिदेशी कृषि उत्पादन बस्तुलाई झन्झटिलो बनाइदिने जसले गर्दा स्वदेसी कृषि उत्पादनको बजारिकारणमा सघाउ पुग्ने छ । सहुलियत ऋण जसको तिर्ने अबधी कम्तिमा १५ बर्षे अबधिको लागि दिनुपर्छ ।
जय होस्
वि.सं.२०८१ मंसिर २४ सोमवार १२:३७ मा प्रकाशित
























