back
CTIZAN AD

चार महिनामा साढे ११ हजार चेक बाउन्स

वि.सं.२०८१ मंसिर २४ सोमवार

642 

shares

काठमाडौँ । पछिल्लो समय उधारोमा चेक कारोबार गरेर कालोसूचीमा पर्नेको संख्या बढ्दै गएको छ । चालु आवको कात्तिकसम्ममा ११ हजार पाँच सयभन्दा बढी चेक बाउन्स भएर कालोसूचीमा परेको कर्जा सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गत साउन १ देखि ३० कात्तिकसम्म ११ हजार पाँच सय ५९ चेक बाउन्सका कारण कालोसूचीमा परेका छन् । यस्तै, चार हजार छ सय ६६ जना कर्जा नतिरेका कारण कालोसूचीमा परेका छन् ।

समयमा कर्जा भुक्तानी नगर्ने ऋणीलाई बैंक तथा वित्तीय संस्थाको सिफारिसमा कालोसूचीमा राखिन्छ । पटक–पटक कर्जा भुक्तानीका लागि ताकेता गर्दा पनि अटेर गरेको र कतिपय सम्पर्कमा नआएका ऋणीलाई समेत कालोसूचीमा राखिएको केन्द्रले जनाएको छ ।

कालोसूचीमा राख्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सिफारिस गर्नुपर्छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा राखिदिन केन्द्रमा सिफारिस गर्ने क्रम बढिरहेको छ ।

अघिल्लो आवको एक वर्षमा ३० हजारभन्दा बढी कालोसूचीमा परेका थिए । जोइन्ट भेन्चर कम्पनीलाई पनि चेक बाउन्स गरेको अवस्थामा कालोसूचीमा राख्न सकिने भएकाले अहिले कालोसूची बढेको कर्जा सूचना केन्द्रका एक अधिकारीले बताए ।

वि.सं.२०८१ मंसिर २४ सोमवार ११:०५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...