back
CTIZAN AD

पोखरा विमानस्थलबाट प्रतिफल नआउने सुनिश्चित भइसक्यो : कांग्रेस

वि.सं.२०८१ मंसिर २४ सोमवार

930 

shares

काठमाडौँ । नेपाली कांग्रेसले चीनको एक्जिम बैंकको ऋणमा बनेको पोखरा विमानस्थलबाट प्रतिफल नआउने निष्कर्ष निकालेको छ ।

आइतबार बिहान बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले चीनको खराब ऋणको उदाहरण पोखरा विमानस्थल रहेको बताए ।

‘पोखरा विमानस्थलको पनि हाम्रो नराम्रो अुभव छ । त्यसको प्रतिफल नआउने सुनिश्चित भइसक्यो । यो खराब ऋणमा प¥यो,’ महतले भने ।

कांग्रेसले चीनसँग भएको बीआरआई सम्झौता, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न आइतबार कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।

बैठकमा बीआरआई अन्तर्गतका परियोजनामा ऋण स्वीकार नहुने र अनुदान मात्रै लिने कांग्रेसले दोहोप¥याएको छ । यसअघि चीनले अनुदान प्रतिबद्धता गरेकै आयोजना अगाडि नबढेको विषयमा पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ ।

ती परियोजना अगाडि बढेपछि बीआरआईअन्तर्गतका १० वटा परियोजना पनि अनुदानमा अगाडि बढ्ने कांग्रेसको विश्वास छ । ऋणमा कुनै पनि परियोजना सम्झौता नहुने निष्कर्ष कांग्रेसले सुनाएको छ ।

वि.सं.२०८१ मंसिर २४ सोमवार १४:३४ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...