back
CTIZAN AD

सिरियामा ‘राजनीतिक समाधान’ खोज्न ‘सम्बन्धित पक्ष’लाई चीनको आग्रह

वि.सं.२०८१ मंसिर २४ सोमवार

618 

shares

बेइजिङ । चीनको विदेश मन्त्रालयले इस्लामिक नेतृत्वको विद्रोहीले दमास्कसमा कब्जा जमाएको र बशर अल असदको दशकौँ लामो शासनको अन्त्य गरेपछि सिरियाका राजनीतिक समाधान खोज्न ‘सबै सम्बन्धित पक्षलाई’ आग्रह गरेको छ ।

बेइजिङले हालैका वर्षहरूमा सिरियासँगको सम्बन्धलाई मजबुत बनाएको छ र असदले सन् २०११ मा गृहयुद्ध सुरु भएयता मध्यपूर्व बाहिर दुर्लभ राजकीय भ्रमणका क्रममा गत वर्ष चीनको भ्रमण गरेका थिए ।

सोमबार उनलाई पदच्युत गरिएकोबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङले ‘सिरियाको घटनाक्रमलाई नजिकबाट नियालिरहेको’ बताए ।

“हामी आशा गर्दछौँ, सम्बन्धित सबै पक्षहरू सिरियाली जनताको आधारभूत हितका आधारमा अगाडि बढ्नेछन् र देशमा स्थिरता कायम गर्न यथाशीघ्र राजनीतिक समाधान खोज्नेछन्,” माओ निङले नियमित पत्रकार सम्मेलनमा भने ।

आफ्नो परिवारसहित रूस भागेका असदसँग चीन सम्पर्कमा छ कि छैन भन्ने प्रश्नको माओले प्रत्यक्ष जवाफ दिएनन् ।

सन् २०२३ को चीन भ्रमणका क्रममा असद र चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई देशबीच ‘रणनीतिक साझेदारी’ को घोषणा गरेका थिए ।

सिरियाको दमास्कसस्थित चिनियाँ दूतावासले बिहीबार चिनियाँ नागरिकलाई ‘जतिसक्दो चाँडो’ सिरिया छाड्न सुझाव दिएको छ । सिरियाको विदेश मन्त्रालयले आइतबार सिरियाका नयाँ शासकलाई ‘चिनियाँ संस्था र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न व्यावहारिक कदम चाल्न’ आग्रह गरेको छ ।
एएफपी

वि.सं.२०८१ मंसिर २४ सोमवार १५:०५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...