back
CTIZAN AD

नेप्से परिसूचकमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो

वि.सं.२०८१ मंसिर २४ सोमवार

819 

shares

काठमाडौँ । यस साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ७६ दशमलव १५ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १७ कम्पनीको एक करोड १५ लाख २३ हजार तीन कित्ता शेयर ६२ हजार सात सय ५८ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार आठ सय २२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव १५, लगानी शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन एक दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव १४ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव ४६, विकास बैंक शून्य दशमलव ६८, होटल तथा पर्यटन शून्य दशमलव ८३, जलविद्युत् शून्य दशमलव ५४ र जीवन बिमा समूह एक दशमलव ६७ प्रतिशतले घटेको छ ।

यसैगरी, लघुवित्त समूह शून्य दशमलव ६१, निर्जीवन बिमा समूह एक दशमलव १६ र व्यापार समूह एक दशमलव ३० प्रतिशतले घटेको छ । इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ७६ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार भएको रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू ३५ करोड २७ लाख २० हजार चार सय ४९ बराबरको कारोबार भएको छ । शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आरबिबी म्युचुअल फन्ड–को पाँच लाख १७ हजार चार सय कित्ता शेयर किनबेच भएको छ ।

 

वि.सं.२०८१ मंसिर २४ सोमवार १६:३६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...