back
CTIZAN AD

छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु

वि.सं.२०८१ मंसिर २५ मंगलवार

777 

shares

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सारपुल नजिकै बा.१६ च ३१६२ नम्बरको स्कारपियो अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सिराहा अर्नामा गाउँपालिका–५ बलुवाटोल बस्ने ४० वर्षीय श्रीकुमार यादव समेत ८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको चपुरस्थित हाईवे ट्रमा सेन्टरमा र ५ जनाको सिभिल अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कारपियोमा सवार अन्य ५ जनाको चपुरस्थित हाईवे ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यस्तै बाँके, जानकी गाउँपालिका–४ बकसपुरस्थित अम्बे स्टिल कम्पनीको कम्पाउन्डमा भे.१ क २०१० नम्बरको क्रेनको ठक्करबाट सुर्खेत गुर्भाकोट नगरपालिका–१३ बस्ने २३ वर्षीय दिपेन्द्र पङ्गालीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कास्की, पोखरा महानगरपालिका–९ न्यूरोडस्थित सडकमा बा.१३ च २५७५ नम्बरको स्कारपियोले ग.१८ प ४९११ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा स्कुटर चालक रूपा गाउँपालिका–४ भाउडाँडा बस्ने २० वर्षीया प्रतीक्षा सिंहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पद्म नर्सिङ होम न्यूरोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता मोरङको सुन्दरहरैंचा नगरपालिका–१ पचामस्थित सडकमा प्रदेश १–०४–००१ च ०१९५ नम्बरको पिकअप गाडीले बा. ९८ प ६७०८ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक बिराटनगर महानगरपालिका–१० बस्ने २४ वर्षीय हर्ष ढकालको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता कपिलवस्तको बाणगंगा नगरपालिका–६ सुठौलीस्थित सडकमा लु.३२ प ३०१ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ बनकसिया बस्ने २४ वर्षीय निसान न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०८१ मंसिर २५ मंगलवार १२:०३ मा प्रकाशित

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...