back
CTIZAN AD

माओवादी केन्द्र विहादीको अध्यक्षमा ऋषि भुसाल, ३५ सदस्यीय समिति गठन

वि.सं.२०८१ मंसिर २५ मंगलवार

1.5K 

shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) विहादी गाउँपालिकाको आइतबार सम्पन्न दोस्रो सम्मेलन तथा भ्रष्टाचार बिरुद्धको खबरदारी सभा पोखराचौरमा सम्पन्न भएको छ ।

सम्मेलनले पुनः ऋषि भुसालको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा टेकबहादुर थापा, टेकबहादुर बस्याल, ज्ञानु गिरी, सचिवमा जीवलाल पराजुली, सहसचिवमा वैकुण्ठ केसी र कोषाध्यक्षमा सुनिता पौडेल र बाँकी सदस्यमा मनोनयन भएका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय उप महासचिव जनार्दन शर्मा ‘प्रभाखर’ले फोनबाट सम्बोधन गर्दै माआोवादीको पक्षमा जनलहर सिर्जना हुन थालेको बताए । उनले सुशासन र समृद्धिको पक्षमा माओवादी मात्र रहेकाले साथ दिन सबैलाई आग्रह गरे । उनले सम्पूर्ण वामपन्थी र क्रान्तिकारी सक्तीहरू विकास र परिवर्तनका पक्षमा धुर्विकरण हुन आवश्यक रहेको बताए ।

यस्तै मनोनयन भएपश्चात् अध्यक्ष ऋषि भुसालले सिङ्गो विहादीलाई नयाँ उचाइमा पु¥याउन जनताका घरदैलोमा गएर हरेक समस्याहरू सुन्ने र समाधानमा लाग्ने प्रतिबद्धता जनाए । उनले गाउँको विकासमा फुटेर नभएर जुटेर लाग्न आग्रह गरे । भुसालले विहादीलाई माओवादीको लाल किल्ला बनाउने बताए ।

कार्यक्रममा माओवादीका नेताहरू सुदिप कुवर, केन्द्रीय सल्लाहकार जयनारायण तिवारी, गण्डकी प्रदेश उपाध्यक्ष  गुणाखर बस्याल, राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा, जिल्ला संयोजक उमाकान्त भुर्तेल, विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङ,  विहादी गाउँपालिकाका संस्थापक अध्यक्ष कमल प्रसाद भुसाल, गण्डकी प्रदेश कमिटी सदस्य हरि पौडेल, लुम्बिनी प्रदेश कमिटी सदस्य लीलबहादुर केसी, महिला नेतृ मञ्जु कुमारी दर्लामी मगर, गल्याङ नगर समिति अध्यक्ष चित्र बहादुर राना, पैयुँ गाउँपालिकाका अध्यक्ष रेसम सापकोटा लगायतको उपस्थिति थियो ।

वि.सं.२०८१ मंसिर २५ मंगलवार १६:३९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...