back
CTIZAN AD

‘नेपाली र्यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म छ’

वि.सं.२०८१ मंसिर २७ बिहीवार

609 

shares

काठमाडौँ । नेपाली गीतसङ्गीतमा ‘ र्याप’ को छुटै स्थान छ । भनिन्छ, र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ । लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता ¥यापतर्फ पनि उत्तिकै आकर्षित छन् । पप विधाअन्तर्गत रहेको ¥यापलाई ‘एक्प्रेस योर सेल्फ’ भन्ने गरिन्छ । ¥यापले आफ्नो भोगाई र समाजको देखाइलाई व्यक्त गर्ने गरेको छ ।

पछिल्लो समय नेपाली ¥याप र ¥यापरको चर्चा राष्ट्रिय रूपमा मात्रै होइन अन्तर्राष्ट्रियस्तरमा पनि हुने गरेको छ । विदेशी ¥यापरले नेपाली ¥यापरको चर्चा गरेपछि यसप्रतिको आकर्षण र यसको बजार पनि बढ्दै गएको बताइन्छ ।

¥यापर गिरिस खतिवडा पछिल्लो समय ¥यापको सुनौलो समय आएको बताउँछन् । “हामी कलाकारको लागि ¥याप एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौँ । ¥यापले गाउँको समस्या सहरसम्म र सहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई ¥यापमार्फत पनि चिन्ने गरेको छु”, उनले भने ।

खतिवडाले आफूले ¥यापलाई मनको कुरा व्यक्त गर्ने माध्यमको रूपमा लिएको बताउँछन् । अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्न सकिने माध्यम ¥याप रहेको उनकोे बुझाइ छ ।

अर्का ¥यापर मानस घलेले नयाँ पुस्तामा ¥यापप्रति बढेको आकर्षणले सङ्गीतमा छुटै स्थान बनाउन सफल भएको बताए । “हामीले ¥यापलाई नेपालभर प्रचार गर्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तर्राष्ट्रियकरण गरेको छ । नेपाली भाषा नबुझ्ने पनि हाम्रो श्रोता बनेका छन् । हामीले रहरमा सुरू गरेको ¥याप अहिले पेसा बनिसकेको छ । अहिले ¥याप गायनबाटै जीविकोपार्जन गर्न सकिन्छ”, उनले भने ।

¥यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौँ महानगरपालिकाले ¥यापर बालेनलाई प्रमुखको रूपमा पाएको उनले बताए । पछिल्लो समय नवोदितसँगै पुराना ¥यापरको माग स्टेज कार्यक्रममा पनि बढ्दै गएको छ । नेपाल मात्र नभई विदेशमा पनि उत्तिकै लोकप्रिय छन्, ¥यापर ।

यद्यपि ¥यापलाई चाहिनेभन्दा बढी बद्नाम गर्नेको पनि कमि नरहेको ¥यापर हाकिमले बताए । “¥याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हँुदैन, यसकारण पनि हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउछौँ तर यो भन्दैमा अश्लीलतालाई प्रवर्द्धन गर्दै । र, जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र ¥याप बनाउने गरेका छन्, ती चर्चाको लागि आएका ¥यापर हुन् । किनकि ¥यापमा बेदना, भोगाई र बुझाइ हुन्छ”, उनी भन्छन् ।

¥यापरलाई सुरुआती समयमा आर्थिक कठिनाई र सामाजिक सद्भाव नभएका कारण ती पीडा ¥यापमार्फत बाहिर आउने गरेको गयाक ब्रिजेश श्रेष्ठको बुझाइ छ । गीत रेकर्डिङ स्टुडियोसमेत सञ्चालन गरिरहहेका उनले नवोदितको पीडा राम्रोसँग बुझेको बताए । “मसँग स्टुडियो भएकाले नयाँको पीडालाई नजिकबाट अनुभव गरेको छु । उनीहरूको रहरमा समाज र परिवार बाधक बन्ने गरेको सुनेको छु, किनकि ¥यापलाई अहिले पनि रहरिया भन्ने गरिन्छ । त्यहीकारण मैले प्रतिभावान केहीलाई निःशुल्क रेकर्डिङ गरिदिने गरेको छु । यो पेसालाई सहजै स्वीकार नगरिएकै प्रभाव ¥यापमा देखिएको पनि हुन् सक्छ”, गायक श्रेष्ठले भने । उहाँ केही समय अगाडि गीतसङ्गीत छाडेर विदेश पनि जानुभएको थियो तर आफ्नो ‘प्यासन’ जीवित रहँदै नेपाल फर्किएर पुनःगीतसङ्गीतमा सक्रिय भएका छन् श्रेष्ठ गीतसङ्गीतलाई सबैले सुन्ने र हेर्ने बनाउनुपर्ने बताउँछन् ।

हाल ¥यापको अवस्था नेपालमा राम्रो देखिनु खुसीको विषय भए पनि ¥यापरले परिवेश र भविष्य हेर्ने भन्दा पनि आफ्नो भावना व्यक्त गर्ने गरेको ¥यापर खतिवडाको धारणा छ । “हामीले ¥याप हान्ने हो, आफूलाई व्यक्त गर्ने हो । यसको भविष्य के होला वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने नै होइन । ¥यापले मलाई खुसी र सन्तुष्टी दिएको छ, त्यहि भएर म अहिलेसम्म सक्रिय छु”, उनले भने ।

¥यापर घले हाल विभिन्न रियालिटी ‘सो’ हरू निर्माण भइरहेकाले पनि ¥यापमा भविष्य खोज्नेलाई सहज भएको बताउँछन्् । “हाल आइरहेका विभिन्न कार्यक्रमले एउटा बाटो देखाएको छ तर मेहनतीचाहिँ हुनुपर्छ किनकि मेहनती नहुँदा त्यसको प्रतिफल पाउन सकिँदैन । अहिले सहजता बढेसँगै प्रतिष्पर्धा पनि बढेको छ । त्यसैले यसलाई नै पेसा बनाउन मेहनत आवश्यक छ”, उनले भने।

¥यापर हाकिमले ‘जी–बब’जस्ता ¥यापर ‘रियालिटी शो’मार्फत नै आएको बताए । उनी सहितको टिमले विभिन्न ‘सो’समेत गर्ने गरेको छ । ¥यापलाई पेसा बनाउन सके यसमा राम्रो भविष्य उनले देखेका छन् ।

“अहिले नेपाल मात्र नभई विदेशमा समेत कार्यक्रममा सहभागिता जनाउन सके ¥यापरका लागि उत्तम समय छ । आउँदो दिन झनै राम्रो देखिएको छ । अहिले ¥यापलाई लिएर सामाजिक धारणासमेत फेरिएको छ । म निकै खुसी छु”, ¥यापर हाकिमले भने ।

उनको ‘राक्षस’, ‘चोरीदेउ लौन मलाई’ लगायतका गीत लोकप्रिय छ । ती गीतको समयमा यसलाई ‘प्यासन’को रूपमा हेरिएको उनले स्मरण गरे । नयाँ पुस्ताको आगमन बढेसँगै केही अश्लीलता बढेकामा भने धेरैजसोको चिन्ता छ । “अहिले बढिरहेको लोकप्रियताले ¥याप नबुझी आउनेलाई यहाँ टिक्न दिँदैन । यहाँ टिक्न र ¥याप गाउन त लगाव चाहिन्छ, नत्र एउटा ¥याप बनाउने र हराउने हुन्छ । यद्यपि आउँदो समय नेपाली ¥यापका लागि राम्रो देखिएको छ”, ¥यापर हाकिमले भने ।

¥यापरद्वय खतिवडा र घलेको पनि यस्तै सल्लाह छ । उहाँहरू नवोदितका लागि यसै क्षेत्रमा राम्रो भविष्य देख्छन् ।

वि.सं.२०८१ मंसिर २७ बिहीवार १०:४९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...