back

मधेसका पत्रकार चुनावमा व्यस्त

वि.सं.२०८१ मंसिर २७ बिहीवार

144 

shares
GLOBAL IME AD
NTC AD

महोत्तरी । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका हुन् ।

मधेसका पत्रकार मात्र होइन देशभरका सञ्चारकर्मी अहिले चुनावमा व्यस्त छन् । बुद्धिजीवी, विश्लेषक र पत्रकारिताक्षेत्रसँग चासो राख्ने सबैबीच चुनावको चर्चा छ ।

महासङ्घ केन्द्रीय समितिका पदाधिकारी र विभिन्न क्षेत्र (क्लष्टर)बाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका लागि उमेद्वारहरु समूहमा र एक्लाएक्लै भोट माग्दै हिँडेका छन् ।

मधेस प्रदेशमा केही स्वतन्त्रसहित तीन समूह चुनावी प्रतिस्पर्धामा छन् । वर्तमान प्रदेश महासचिव पर्साका श्याम वञ्जारा, सप्तरीका अवधेश झा र धनुषाका नवलकिशोर यादवसहित तीन समूह चुनावी मैदानमा छन् । यीमध्ये वञ्जारा नेतृत्वको समूह नेपाल प्रेस युनियन र प्रेसचौतारी नेपालको गठबन्धनको हो । यसैगरी झालाई प्रेस सेन्टर नेपाल, नेपाल प्रेस मञ्च र समाजवादी प्रेस सङ्गठन समर्थन छ । यद्यपि उम्मेदवार यादवले आफ्नो समूहलाई स्वतन्त्र दाबी गर्नुभएको छ । मधेशका आठ जिल्लामा महासङ्घका ७७२ सदस्य छन् । यी सदस्यमध्येका मतदातालाई मनाउन उम्मेदवारहरुको घरदैलो सकिएको छैन ।

यो निर्वाचनमा पत्रकारका सङ्गठनहरुले अघिल्लो चुनावभन्दा फरक गठबन्धन गरेका छन् । नेपाल प्रेस युनियन र प्रेसचौतारी नेपाल एउटा गठबन्धनमा छन् भने प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन र प्रेस मञ्च नेपालसहितका सङ्गठनले अर्को गठबन्धन गरेका छन् । केन्द्रदेखि जिल्लासम्म यो गठबन्धनको प्रभाव देखिएको छ ।

 

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:१० मा प्रकाशित

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

गलकोट (बागलुङ) । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए...

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको...

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।...

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...