back

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा

वि.सं.२०८१ मंसिर २७ बिहीवार

135 

shares
GLOBAL IME AD
NTC AD

काबुल । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले इस्लामिक स्टेट (आइएस) समूहले गरेको आक्रमणको निन्दा गरेको छ ।

राजधानी काबुलस्थित गृह मन्त्रालयको कार्यालयमा बुधबार अपराह्न भएको आत्मघाती बम विस्फोटमा परी शरणार्थी तथा स्वदेश फिर्तीमन्त्री खलील योर रहमान हक्कानीको मृत्यु भएको थियो ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन (युएनएएमए) ले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै भनेको छ, “स्थिरताको खोजीमा आतङ्कवादका लागि कुनै स्थान हुन सक्दैन ।”

कतार, साउदी अरब, पाकिस्तान र इरानसहित युरोपेली सङ्घ र अर्गनाइजेसन अफ इस्लामिक कोअपरेशनले पनि आक्रमणको निन्दा गरेको छ ।

संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको सूचीमा रहेका हक्कानी तालिबानको दुई दशक लामो विद्रोहका क्रममा भएका केही हिंसात्मक आक्रमणका लागि जिम्मेवार हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीका भाइ थिए ।

उनी वर्तमान गृहमन्त्री सिराजुद्दीन हक्कानीका काका पनि छन् ।

खलील योर रहमान हक्कानीको अन्त्येष्टि बिहीबार दिउँसो २ः०० बजे काबुलको दक्षिणमा पर्ने पक्तिया प्रान्तमा गरिने भएको छ ।

इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको छ र एक आक्रमणकारीले मन्त्रालयभित्र आत्मघाती आक्रमण गराएको बताएको छ ।

सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि कुनै मन्त्रीलाई लक्षित गरी गरिएको यो पहिलो आक्रमण हो ।

अफगानिस्तानमा सन् २०२१ मा तालिवान सेनाले कब्जा जमाएपछि अमेरिकी नेतृत्वको नेटो गठबन्धन सेनाविरुद्धको युद्ध अन्त्य भएपछि हिंसात्मक घटनामा कमी आएको छ ।

यद्यपि, इस्लामिक स्टेट खोरासानको नामले चिनिने आइएसको क्षेत्रीय शाखा अफगानिस्तानमा सक्रिय छ र यसले नियमित रूपमा सर्वसाधारण, विदेशी र तालिवान अधिकारीहरूलाई बन्दुक र बम आक्रमणबाट निशाना बनाउँदै आएको छ ।(रासस/एएफपी)

 

वि.सं.२०८१ मंसिर २७ बिहीवार १३:४८ मा प्रकाशित

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

गलकोट (बागलुङ) । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए...

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको...

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।...

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...