back
CTIZAN AD

पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

वि.सं.२०८१ मंसिर २७ बिहीवार

1.1K 

shares

दमौली (तनहुँ) । पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने ४० चालु आर्थिक वर्ष २०८१÷८२ मा सञ्चालन हुने विभिन्न योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ । कार्यालय प्रमुख रवीन्द्र तिवारीले कतिपय योजना सम्झौता भइसकेको र कतिपय योजना सम्झौता चरणमा रहेको जानकारी दिए । उनका अनुसार बाँकी केही योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशनको चरणमा रहेको छ ।

उनले भने, “रु पाँच करोड भन्दा साना दुई वटा साना बहुवर्षीय योजनाको ठेक्का सम्झौता गरिएको छ । यस आर्थिक वर्षमा हालसम्म उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने गरी कुनै पनि योजना सम्झौता गरिएको छैन ।” तिवारीका अनुसार चालु आर्थिक वर्षका लागि रु एक अर्ब ४२ करोड १२ लाख आठ हजार विनियोजन भएकोमा रु २० करोड ४० लाख ९१ हजार तीन सय दश खर्च भएको छ ।

चालुतर्फ रु एक करोड ९१ लाख २८ हजार विनियोजन भएकोमा २२.८५ प्रतिशत प्रगति भएको छ । पुँजीगततर्फ प्रदेशबाट रु एक अर्ब ४० करोड १२ लाख ८० हजार विनियोजन भएकामा १४.२४ प्रतिशत प्रगति भएको छ । जिल्लामा निर्माणाधीन नौ सडक पुल छन् । त्यसमध्ये चार वटा पुराना र पाँच वटा नयाँ रहेको तिवारीले बताए । उनले भने, “जिल्लामा डिपिआर तयार भएका अन्य बाँकी सडक पुल सङ्ख्या २३ वटा छ । चार सडकपुल मौलाकाली जलविद्युत् आयोजनाको डुबान क्षेत्रमापर्ने जानकारी आएको छ । अन्य बाँकी १९ वटा सडक पुल कार्यान्वयमा लैजान सक्ने अवस्था छ ।”

चालु आर्थिक वर्षमा रानीटारी हर्कपुर घुम्ती किल्चोक मानुङ छाङदेखि भिमाद सडकका लागि रु १८ करोड, दमौली बिसघरे झापुटार (सेती नदी सडक पुल)का लागि रु पाँच करोड, खुदीखोला कटुसे रह पक्की पुल बन्दीपुरका लागि रु तीन करोड, ढोरबाराही मार्ग (साँखे थुम्कीडाँडा खण्ड) कालोपत्रका लागि रु दुई करोड ५० लाख, बुद्धसिंह मार्ग (पहिलो खण्ड) बहुबर्षे योजनाका लागि रु दुई करोड ५० लाख, मानपुर डेडगाउँ (घिरिङ तनहुँदेखि बौदीकाली नवलपुर) सडकका लागि रु दुई करोड ५० लाख, शुक्लागण्डकी ५ र ८ जोड्ने सेती नदी पक्की पुलका लागि रु दुई करोड ५० लाख विनियोजन भएको छ ।

शुक्लागण्डकी १० र भिमाद ८ जोड्ने क्याङ्दी खोलाको पिप्लेमा सडक पुलका लागि रु दुई करोड ५० लाख, तल्लो डुम्रे मोटरेवल पुलका लागि रु दुई करोड ३६ लाख ८२ हजार, कुलुङ खोला पुल भिमाद १ डुम्रीबँेसीका लागि रु दुई करोड १६ लाख ५६ हजार, झापुटार काहुँ मोटरमार्ग स्तरोन्नतिका लागि रु दुई करोड, सहिद लालध्वज मार्ग निर्माण तथा स्तरोन्नतिका लागि रु दुई करोड, भानु मार्ग चन्द्रावती पोखरीछाप पुलिमराङ हुँदै कुन्छाफेदी सडकका लागि रु दुई करोड, आँबु भाँगे छिम्केश्वरी हिलेखर्क मार्गका लागि रु दुई करोड, दुलेगौँडा हर्कपुर मार्ग (वनकेवा मनपाङ रानीटारी खण्ड) कालोपत्रका लागि रु दुई करोड र सिन्धु मार्गका लागि रु दुई करोड विनियोजन भएको कार्यालयले जनाएको छ ।

 

वि.सं.२०८१ मंसिर २७ बिहीवार १३:४८ मा प्रकाशित

बब्लु गुप्ताले माफी मागे

बब्लु गुप्ताले माफी मागे

काठमाडौं । पूर्वमन्त्री तथा संघीय संसद्  बब्लु गुप्ताले सामाजिक सञ्जालमा...

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका...

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...