back
CTIZAN AD

इजरायलको बिहानको आक्रमणमा ३३ जनाको मृत्यु

वि.सं.२०८१ मंसिर २७ बिहीवार

864 

shares

गाजा पट्टी (प्यालेस्टिनी क्षेत्र)। गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागहरूमा सहायता ट्रकहरू सुरक्षित गरिरहेका १२ गार्डसहित कम्तीमा ३३ जनाको ज्यान गएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले ध्वस्त क्षेत्रमा तत्काल युद्धविरामको आह्वान गरेको केही घन्टापछि पछिल्लो रक्तपात भएको हो ।

रफाहमा भएको आक्रमणमा सात र अर्को आक्रमणमा खान युनुसमा पाँच जना गार्ड मारिएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताए ।

“कब्जाले एक पटक फेरि सहायता ट्रकहरू सुरक्षित गर्नेहरूलाई लक्षित गर्यो”, आक्रमणमा अधिकांश बालबालिकासहित करिब ३० जना घाइते भएको भन्दै बासलले भने ।

“पिठो बोकेका ट्रकहरू युएनआर

डब्लुएका गोदामहरूतर्फ गइरहेका थिए”, बासलले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीलाई उल्लेख गर्दै भने, “कब्जाको उद्देश्य गाजा पट्टीभरका नागरिकहरूका लागि सबै सेवाहरू नष्ट गर्नु हो ।” आक्रमणपछि बासिन्दाहरूले ट्रकबाट पिठो लुटेका थिए ।

इजरायली सेनाले दक्षिणी गाजाको मानवीय कोरिडोरमा उपस्थित सशस्त्र हमास लडाकूहरूमाथि ‘सटीक आक्रमण’ गरेको बताएको छ ।

“मारिएका सबै आतङ्ककारी हमासका सदस्यहरू थिए र उनीहरूलाई गाजाका नागरिकहरूसम्म पुग्नबाट रोक्न निरन्तर आतङ्कवादी गतिविधिको समर्थनमा हिंसात्मक रूपमा मानवीय सहायता ट्रकहरू अपहरण गरेर हमासलाई हस्तान्तरण गर्ने योजना बनाएका थिए”, सेनाले विज्ञप्तिमा दाबी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घ र अन्य सहायता एजेन्सीहरूले गाजा पट्टीमा १४ महिनाभन्दा बढी समयदेखि जारी युद्धले बढाएको गम्भीर मानवीय सङ्कटबारे बारम्बार चेतावनी दिएका छन् । (रासस/एएफपी)

वि.सं.२०८१ मंसिर २७ बिहीवार २०:०९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...