back

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

वि.सं.२०८१ मंसिर २८ शुक्रवार

153 

shares
GLOBAL IME AD
NTC AD

लिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ ।

गत अगष्टमा लिस्बनमा सञ्चालित घुम्ती सेवा शिविरबाट राहदानी बनाउन आवेदन दिएका आवेदकहरुको तयार भएको राहदानी वितरण गर्न शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ ।

शिविरमा राहदानी लिने नेपालीको भीड लागेको छ । बिहीबार पहिलो दिन एक सय ४७ वटा ई–पासपोर्ट वितरण गरिएको टोलीले जनाएको छ । पोर्चुगलमा रहेका नेपालीको सहजताका लागि लिस्बनमै आएर राहदानी वितरण सुरु गरिएको राजदूत भट्टराईले बताए । छ दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट दुई हजार पाँच सय ५४ वटा ई–पासपोर्ट वितरण गरिने तयारी छ ।

“हामीले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा राहदानी वितरणका लागि टोली पठाउने तयारी गरिरहेका थियौँ । युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्रीले पोर्चुगलमा तत्कालै राहदानी वितरणको व्यवस्था मिलाउन भने”, उनले भने, “मन्त्रीको निर्देशन बमोजिम हिजोदेखि लिस्बनमा राहदानी वितरण गर्न सुरु गरेका छौँ ।” टोलीले आज र भोली दुई दिन राहदानी वितरणसहित अधिकृत वारेसनामा प्रमाणीकरणको सेवा प्रदान गर्ने उनले जानकारी दिए ।

राहदानी विभाग काठमाडौँबाट राहदानी तयार भएको इमेल प्राप्त गरेका सेवाग्राहीलाई समय तालिकाअनुसार शिविरमा आई राहदानी बुझ्न राजदूत भट्टराईले आग्रहसमेत गरेका छन् ।

राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले गत अगष्टमा राजधानी लिस्बनमा सञ्चालन गरेको ‘घुम्ती सेवा शिविर’ बाट ३ हजार आठ सय २९ नेपालीको ई–पासपोर्टका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको थियोे । जसमा करिब नौ सय ४० वटा राहदानी पेरिसबाटै वितरण भइसकेको दूतावासले जनाएको छ ।

 

वि.सं.२०८१ मंसिर २८ शुक्रवार १३:२३ मा प्रकाशित

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।...

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २०...

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ

सिरहा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी...