back
CTIZAN AD

गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु

वि.सं.२०८१ पुस १ सोमवार

555 

shares

भरतपुर (चितवन) । चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु भएको छ । अहिले स्ट्याण्ड–१ मा प्याराफिट निर्माण सुरु भएको हो । त्यसपछि क्रमशः २, ३ र ४ नम्बर स्ट्याण्डमा प्याराफिट निर्माण थालिने छ ।

भिआइपी टावर १ मा उपर बीमको काम अन्तिम चरणमा पुगेको छ । लगतै पहिलो तलाको काम अघि बढ्ने प्रोजेक्ट म्यानेजर इञ्जिनियर वीरेन्द्रकुमार यादवले जानकारी दिए । उनका अनुसार टावर–२ को भने लोवर बीमको काम अन्तिम चरणमा पुगेको छ ।

मैदानको कामअघि बढाउन माथिल्लो भागको माटो निकालिएको छ । अब छिट्टै पानी निकासका लागि उच्चस्तरीय प्रविधि जडान गर्ने तयारी रहेको यादवले बताए ।

आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र सङ्घीय सरकारसँग समन्वयमा भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माण अगाडि बढाएको हो । नयाँ सम्झौताअनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इञ्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

रङ्गशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले दुई वटा भीआइपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माणको काम गर्नेछ । धुर्मुुस सुन्तली फाउण्डेशनले यसअघि नै पाँच हजार क्षमताको प्याराफिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रङ्गशालाको कूल क्षमता १५ हजार पुग्नेछ ।

गत असार २३ गते रु ७८ करोड ५० लाखमा ३० महिनाभित्रमा काम सक्ने गरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता मितिभन्दा अगाडि नै काम सक्ने निर्माण कम्पनीको तयारी छ ।

 

वि.सं.२०८१ पुस १ सोमवार १९:१० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...